डोल्पामा ८ करोड ८६ लाखमा दुइवटा बेलिब्रिज – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

डोल्पामा ८ करोड ८६ लाखमा दुइवटा बेलिब्रिज

डोल्पा । हिमाली जिल्ला डोल्पामा पहिलो पटक प्रदेश सरकारले दुइवटा बेलिब्रिज पुल निर्माण गर्ने भएको छ । दुई महत्वपुर्ण स्थानमा बेलिब्रिज पुल निर्माण गर्न लागिएको हो ।

जिल्ला अस्पतालसम्म जोड्ने पुल र अर्को त्रिवेणी देखि जगदुल्ला जोड्ने सडकमा पुल निर्माण गर्न लागिएको हो । प्रदेश सरकारको लगानिमा दश जिल्ला मध्ये डोल्पामा पहिलो पटक महत्वपुर्ण बेलिब्रिज पुल निर्माण गर्न लागिएको प्रदेश सभा सदस्य बिरबहादुर शाहीले बताए ।

भौतिक पुर्वाधार मन्त्री, अर्थ मन्त्री लगायत जनप्रतिनिधिहरुको विशेष सहयोगमा पुलकालागि बजेट स्विकृत गराउन सफल भएको उनको भनाइ छ ।

अर्थ मन्त्रालयले ५ करोड ८८ लाख ९७ हजार बजेट र जगदुल्ला गाउँपालिका ४ मा पर्ने चिलिखारामा पुल निर्माणकालागि २ करोड ९७ लाख बजेट स्विकृत भएको छ । अबको एकसाता भित्रै दुइ वटै पुलको ठेक्का खुलाइने बताइएको छ ।

सम्बन्धित समाचार

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० माघ २३, २१: १३

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० माघ २३, २१: १३

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० माघ २३, २१: १३

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...