देशभरकै सहकारी संस्थालाई छानबिनको दायरमा ल्याउन सांसद मोदीको माग – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

 देशभरकै सहकारी संस्थालाई छानबिनको दायरमा ल्याउन सांसद मोदीको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले देशभरका सहकारीलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सहकारीलाई छानबिनको दायरामा ल्याउन माग गरेका हुन्।

जनताले खाइनखाइ आफ्नो श्रम र पसिनाबाट आर्जित गरेको पैसा सहकारीमा बचत गरेको तर, त्यस्ता लाखौं लाखौं जनताको पैंसा दुरुपयोग भइराखेको उल्लेख गर्दै उनले छानबिनको माग राखे ।

बचत गरेको पैसा न जनताले फिर्ता पाएको छन् न सम्बन्धित मान्छेहरुले कारबाही भेगेका छन् ।

सहकारीलाई छानबिनमा ल्याएर कमिकमजोरी भए नियामक संस्थाले कारबाही गरी जनताको पसा फिर्ता गराउनुपर्ने उनको भनाइ छ ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८० माघ २४, १६: ०६

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८० माघ २४, १६: ०६

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० माघ २४, १६: ०६

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...