
काठमाडौं । दशरथ रङ्गशालामा हुने नेपालसँगको मैत्रीपूर्ण फुटबल खेल खेल्न चिनियाँ युवा टोली बुधबार काठमाडौं आइपुगेको छ ।
नेपालले चीनको किङ्घाई फुटबल क्लबसँग माघ २७ गते शनिबार मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।
चिनियाँ टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता सुरेश शाहलगायतले स्वागत गरे ।
चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा फुटबल खेल आयोजना गर्न लागेको हो ।
नेपालले यस मैत्रीखेलका लागि तयारी गरिरहेको छ ।
नेपाली टोलीलाई राष्ट्रिय सिनियर टोलीको मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले नै प्रशिक्षण दिएका छन् ।
एन्फाले टोलीको सहायक प्रशिक्षकमा चेतन घिमिरे र गोलरक्षक प्रशिक्षकमा मनिष तिम्सिनालाई जिम्मेवारी दिएको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...