काठमाडौं । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलका तर्फबाट शीर्ष नेताहरूले सम्बोधन गरेका छन् । त्यसक्रममा उनीहरूले जनतामा निराशा बढेको स्वीकारेका छन् ।
तर, सरकारको व्यवहारमाथि प्रतिपक्षी दलहरूले आशंका गरेका छन् । सत्तारुढ दलहरूबाट समेत सरकारको प्रतिबद्धताप्रति आशंका व्यक्त भएको छ । अधिवेशन सुरु भएपछि शीर्ष नेताहरूले सम्बोधन गरेर आफ्ना प्रतिबद्धताहरू राख्ने अभ्यास छ ।
माघ २२ गतेबाट अधिवेशन सुरु भएतापनि त्यस दिन समय कम हुनसक्ने भन्दै बुधबारका लागि दलीय सम्बोधनको कार्यक्रम राखिएको थियो ।
सुरुमै बोलेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टी ‘समुदायमा कांग्रेस’ अभियान लिएर जनतामा गएको सुनाए । ‘संवाद यात्रा’ मा आफू विभिन्न जिल्ला पुगेको उल्लेख गर्दै उनले जनतामा विश्वास जागृत गर्नुपर्ने आवश्यकता महसुस गरेको बताए ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...