काठमाडौ । पूर्व डीआईजी छविलाल जोशीको घरमा प्रहरीले
छापा मारेको छ । सो क्रममा प्रहरीले जोसीको घरबाट सूर्यदर्शन सहकारीसँग सम्बन्धित विवरण भएको विद्युतीय उपकरण नियन्त्रणमा लिएको छ ।
पोखरा प्रहरीको टोलीले काठमाडौं प्रहरीको सहयोगमा बुधबार सााझ जोसीको काठमाडौं शंखमूलस्थित घरमा छापा मारेको हो । त्यस क्रममा बचतकर्ताको विवरण रहेको आशंका गरिएको विद्युतीय उपकरण नियन्त्रणमा लिएको प्रहरी स्रोतले बताएको छ ।
पूर्व डीआईजी जोशी फरार रहेका सूर्यदर्शन सहकारीका अध्यक्ष जीबी राईका पार्टनर हुन् । काठमाडौं प्रहरी परिसरका प्र्रमुख समेत रहिसकेका जोशीको ग्यालेक्सी टेलिभिजनमासमेत लगानी रहेको बताइएको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...