बागमती सरकारले क्रिकेट रङ्गशालाका लागि साडे ५२ करोड सुनिश्चित गर्यो – Naya Bikalpa
February 21, 2024, Wednesday

बागमती सरकारले क्रिकेट रङ्गशालाका लागि साडे ५२ करोड सुनिश्चित गर्यो

कठमाडौं । बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न आवश्यक बजेटको स्रोत सुनिश्चित गर्ने भएको छ। प्रदेश सरकारको बुधबार बसेको मन्त्रीपरिषद् बैठकले चितवनमा निर्माणाधीन उक्त रङ्गशालाका लागि स्रोत सुनिश्चितता गर्ने निर्णय गरेको हो।

भरतपुर महानगरसँगको सम्झौताअनुसार प्रदेश सरकारले बजेटको स्रोत सुनिश्चितता गर्ने निर्णय गरेको हो। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले रङ्गशाला निर्माण गर्न भरतपुर महानगरपालिकाको प्रस्तावित लागत अनुमान ७५ करोड रुपियाँमध्ये ७० प्रतिशत व्यहोर्ने सम्झौताअनुसार स्रोत सुनिश्चितता गरिएको जानकारी दिए।

उनले ५२ करोड ५० लाख रुपियाँको स्रोत सुनिश्चितता गरेको बताए। मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकार र महानगरपालिकाबिचको सहमतिअनुसार प्रदेश सरकारले उक्त रङ्गशालाका लागि ५२ करोड ५० लाख रुपियाँ बराबर बजेट व्यवस्थापन गर्ने गरी स्रोत सुनिश्चितता गरेको जानकारी दिए।

गत कात्तिक २१ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उक्त गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न भरतपुर महानगरपालिकाले तयार गरेको लागत अनुमानमा प्रदेश सरकारले ७० र महानगरपालिकाले ३० प्रतिशत रकम व्यहोर्ने गरी सम्झौता गरिएको थियो।

महानगरपालिकाले तयार गरेको प्रस्ताव अनुसार पहिलो चरणमा १० हजार दर्शक क्षमताको प्याराफिटसहित क्रिकेट पिच र मैदान निर्माण गरिने भएको छ।

 

सम्बन्धित समाचार

समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि हुन्छः राष्ट्रपति
समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि हुन्छः राष्ट्रपति
  • २०८० माघ २५, १०: ४६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वास्तविक रूपमा पीडितले समयमै न्याय पाउन सकेमा मात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि भई न्यायपालिकाका उद्देश्यहरू हासिल...

ओरालो झर्दै शेयर बजार, खुम्चियो कारोबार
ओरालो झर्दै शेयर बजार, खुम्चियो कारोबार
  • २०८० माघ २५, १०: ४६

काठमाडौं । शेयर बजार निरन्तर ओरालो झरेसँगै कारोबार रकम समेत खुम्चिदै गएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का...

नामिबियासँग नेपाल लगातार दोस्रो खेलमा पनि पराजित
नामिबियासँग नेपाल लगातार दोस्रो खेलमा पनि पराजित
  • २०८० माघ २५, १०: ४६

काठमाडौं । नेपालले नामिबियासँग लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु मैदानमा बुधबार सम्पन्न खेलमा...