महादेवको मूर्ति बनाउन रौतहट लगियो कालीगण्डकीको शिला – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

महादेवको मूर्ति बनाउन रौतहट लगियो कालीगण्डकीको शिला

पर्वत । दामोदरकुण्ड र मुक्तिनाथवाट उत्पत्ति भई बहने पवित्र कालीगण्डकी नदी किनारका शिलाको महत्व दिन प्रतिदिन बढ्दै गएको छ ।

शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकी नदी किनारबाट मूर्ति निर्माण तथा शिला पूजनका लागि लैजाने क्रम बढ्दै गएको हो ।

भारतको अयोध्या र चितवनको माडीपछि रौतहट जिल्लाको गढीमाई नगरपालिका–७ धर्मपुरामा निर्माणाधीन शिवमन्दिरमा मूर्ति बनाउने प्रयोजनका लागि शिला लगिएको छ ।

पर्वतको जलजला गाउँपालिका–३ पर्वत बेनीस्थित कालीगण्डकी किनारबाट धर्मपुरमा रहेको हिन्दूहरुको धार्मिकस्थल गरिबनाथ शिवमन्दिरमा निर्माण गरिने गरिबनाथ शिव महादेवको मूर्ति बनाउन पूजाआजा गरी बुधबार शिला लगिएको हो ।

केही दिन अघि मन्दिर निर्माण समितिका पदाधिकारीहरु र कालीगण्डकी नदीका अध्येता कुलराज चालिसेसहितको टोलीले पर्वत बेनीको जुगेधारास्थित कालीगण्डकी नदी किनारमा ८ देखि १० टन तौल भएको उक्त शिलाको पहिचान गरेको थियो । पहिचान गरिएको शिलाको बुधबार विहान पूजाआजा गरी दिउँसो ट्रकमा राखेर पठाइएको छ ।

क्रेनको सहयोगले नदीबाट निकालेर ट्रकमा राखेर पठाइएको पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए ।

शिला पठाउन गाउँपालिकाले आवश्यक निर्णयसहित सघाएको थियो । स्थानीय समुदायको समेत सहभागितामा धुमधामका साथ शिलाको बिदाई गरिएको थियो ।

गढीमाई नगरपालिकाले यही माघ २१ गते शिला पठाई सहयोग गरिदिन पालिकालाई पत्र पठाएको थियो । मुस्ताङको दामोदर कुण्डबाट उत्पत्ति भएर प्रसिद्ध धार्मिकस्थल गलेश्वर हुँदै बग्ने कालीगण्डकी नदीको शिला प्रयोग गरेर शिव महादेवको मूर्ति बनाउँदा धार्मिक पर्यटनको प्रवद्र्धन हुने र कालीगण्डकी नदीको थप प्रचारप्रसार हुने अध्यक्ष आचार्यले बताए।

शिलाले रौतहट, गलेश्वर, मुक्तिनाथबीच धार्मिक र सांस्कृतिक सम्बन्धलाई जोड्नुका साथै धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने पालिका अध्यक्ष आचार्यले बताए।

उनले भने, ‘कालीगण्डकी नदीको शिला रौतहटस्थित निर्माणधीन गरिबनाथ मन्दिरमा लैजानुले कालीगण्डकी नदीको धार्मिक र सांस्कृतिक महत्वलाई उजागर र प्रचारप्रसार गर्न थप सहयोग मिल्ने छ ।’

कालीगण्डकीबाट लगिने शिलालाई उत्सवको रुपमा गढीमाई नगरपालिका परिक्रमा गरी मन्दिरमा लगिने भएको छ । यसअघि कालीगण्डकी नदिकै किनारवाट दुईवटा शिला भारतको हिन्दूहरूको प्रसिद्ध धार्मिकस्थल अयोध्यामा निर्माणाधीन श्रीराम जन्मभूमि मन्दिरमा लगिएको थियो ।

शालिग्रामलाई हिन्दू धर्मावलम्बीले विष्णुको अवतारका रुपमा पुज्ने गर्छन् । नेपालका प्रमुख हिमनदीमध्ये कालीगण्डकी पनि एक हो । हिन्दूहरुको पवित्र तीर्थस्थल दामोदरकुण्ड क्षेत्रबाट उत्पत्ति भई आउने गण्डकी र मुक्तिनाथबाट उत्पत्ति भएको कागखोला कागबेनी भन्ने स्थानमा भेट भएपछि यसलाई कालीगण्डकी भनिएको हो ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ २५, १६: २९

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० माघ २५, १६: २९

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० माघ २५, १६: २९

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...