एक हजार तीन सय ३६ दरबन्दी खारेज – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

एक हजार तीन सय ३६ दरबन्दी खारेज

काठमाडौं । सरकारले हुलाक सेवाअन्तर्गतको एक हजार तीन सय ३६ दरबन्दी खारेज गरेको छ । मन्त्रिपरिषद्को बैठकले एक हुलाक नीतिलाई कार्यान्वयन गर्ने गरी उक्त दरबन्दी खारेज गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् ।

उनले भनिन्, ‘एक पालिका एक हुलाक कायम गर्ने गरी हुलाकको संगठनसंरचना परिवर्तन गर्ने भन्ने निर्णय भयो । त्यसअनुसार केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन तथा फिलाटेलिक कार्यालय खारेज गर्ने र हुलाक अन्तर्गतका एक पालिका एक हुलाक नीतिलाई कार्यान्वयन गर्ने र एक हजार तीन सय ३६ दरबन्दी खारेज गर्ने निर्णय भएको छ ।’

गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण निर्देशिका २०८० स्वीकृत गर्ने र रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, पूर्वाधार तयार विकास समिति गठन आदेश २०८० बमोजिम अध्यक्षमा महोत्तरीका डा. परशुराम मिश्रलाई नियुक्ति गर्ने निर्णय गरेको उनको भनाइ छ ।

सम्बन्धित समाचार

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० माघ २६, ०७: ३९

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० माघ २६, ०७: ३९

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० माघ २६, ०७: ३९

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...