त्रिविको उपकुलपति पदका लागि ४३ जना मध्येबाट १४ जनाको संक्षिप्त सूची सार्वजनिक – Naya Bikalpa
April 23, 2026, Thursday      Epaper

त्रिविको उपकुलपति पदका लागि ४३ जना मध्येबाट १४ जनाको संक्षिप्त सूची सार्वजनिक

काठमाडौं ।त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति (भीसी)का लागि आवेदनदिएका ४३ जनामध्येबाट सिफारिस समितिले१४ जना संक्षिप्त सूचीमा परेका छन् ।

यसअघि कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुला प्रतिस्पर्धाको आधारमा उपकुलपति छनोट प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि सहकुलपतिसमेत रहेका शिक्षामन्त्री अशोक कुमार राई नेतृत्वको सिफारिस समितिले पुस तेस्रो साता आवेदन माग गरेको थियो ।

वर्णानुक्रम अनुसार सार्वजनिक गरिएको सूचीमा कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद बेलबासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्र प्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भूसाल र सूर्यबहादुर थापा छन् ।

संक्षिप्त सूचीमा परेकाहरुले अब आफ्नो सोचपत्र र व्यावसायिक कार्ययोजना प्रस्तुत गर्नुपर्ने छ । त्यसका शिक्षा मन्त्रालयमा माघ २९ गतेदेखि फागुन २ गतेसम्मको समय तालिका निर्धारण गरिएको छ ।

प्रस्तुतीकरणको मूल्यांकन र अन्तर्वार्ता लिएर सर्वोत्कृष्ट अंक पाउने तीन जनाको नाम शिक्षामन्त्री नेतृत्वको सिफारिस समितिले कुलपति एवम् प्रधानमन्त्रीलाई बुझाउँछ । ती तीन जनामध्ये एक जनालाई कुलपतिले उपकुलपति नियुक्त गर्ने छन् ।

सम्बन्धित समाचार

सुकुम्वासी बस्ती हटाउने तयारीमा सरकार, सुकुम्वासी मोर्चाद्वारा प्रतिरोधको चेतावनी
सुकुम्वासी बस्ती हटाउने तयारीमा सरकार, सुकुम्वासी मोर्चाद्वारा प्रतिरोधको चेतावनी
  • २०८० माघ २६, १०: ५३

काठमाडौं उपत्यकाभित्र सार्वजनिक जमिन तथा खोला–नदी किनारमा बसोबास गरिरहेका सुकुम्वासी बस्ती हटाउने विषय पुनः राष्ट्रिय बहसको केन्द्रमा आएको छ। प्रधानमन्त्री...

पोखरामा प्रहरीको ‘स्वीप अप्रेशन’, एकै रातमा १२२ जना पक्राउ
पोखरामा प्रहरीको ‘स्वीप अप्रेशन’, एकै रातमा १२२ जना पक्राउ
  • २०८० माघ २६, १०: ५३

पोखरा : जिल्ला प्रहरी कार्यालय, कास्कीले गए राति पोखराका पाँच ठाउँमा ‘स्वीप अप्रेशन’ चलाएको छ । सो अप्रेशनका क्रममा अवैध...

रवि लामिछानेको मुद्दाको सुनुवाइ स्थगित
रवि लामिछानेको मुद्दाको सुनुवाइ स्थगित
  • २०८० माघ २६, १०: ५३

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाको आरोप पत्र संशोधन सम्बन्धी निर्णयविरुद्ध परेको रिट...