
काठमाडौं । सुदूरपूर्वी जिल्ला झापामा मंगलबार ९ जनासहित १३ जिल्लाका २७ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ ।
यो सहित नेपालमा कोरोना संक्रमितको संख्या चार सय दुइ पुगेको छ । २ जनाको निधन भएको छ भने ३७ जना निको भएर घर फर्किएका छन् ।
झापाको कचनकवल गाउँपालिकाको बनियानीस्थित एक विद्यालयको क्वारेन्टाइनमा रहेका ९ जनामा कोरोना संक्रमणमको पुष्टी भएको हो । काठमाडौंमा समेत तीन जनामा संक्रमणको पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार मोरङ, सुनसरी, भक्तपुर, मकवानपुर, रामेछाप, ललितपुर,सिन्धुली, लमजुङ र नवलपरासीमा एक÷एक जनामा कोभिड १९ पोजेटिभ देखिएको हो । कपिलवस्तुमा ४ र सर्लाहीमा २ जनामा संक्रमण पुष्टी भएको छ ।
मंगलबार कोभिड १९ पोजेटिभ पुष्टी भएका सबै १७ देखि ४२ वर्ष उमेरका छन् । संक्रमितमध्ये २४ जना पुरुष र तीन जना महिला छन् । रामेछाप, ललितपुर र लमजुङमा नयाँ संक्रमित देखिएका हुन् ।
सवैभन्दा धेरै कोरोना संक्रमित प्रदेश ५ मा देखिएको छ । जहाँ एक सय ७६ जना संक्रमित छन भने सबैभन्दा थोरै कर्णाली प्रदेशमा १ जनामा संक्रमण देखिएको छ ।
प्रदेश २ मा एक सय ३६, प्रदेश १ मा ५४ जना,वागमती प्रदेशमा २७ जना, सुदूरपश्चिम प्रदेशमा ५ जना र गण्डकी प्रदेशमा ४ जना कोरोना संक्रमित भेटिएका छन् ।
हालसम्म देशका ३८ जिल्लाका तीन सय ४० पुरुष र ६२ महिलामा संक्रमण देखिएको र झापाका ६२ वर्षका संक्रमित पुरुष आज निको भइ घर फर्किएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन् ।
मन्त्रालयले हालसम्म ३२ हजारमा पिसिआरको परिक्षण गरेको जनाएको छ । मन्त्रालयले आरडीटी प्रविधिबाट काठमाडौंको कालिमाटी, भृकुटीमण्डप, गंगबु क्षेत्र र सरसफाई मजदुरको परिक्षण गर्दा ५० जना बढीमा पोजेटिभ देखिएको तर पिसिआर प्रविधिबाट परिक्षण गर्दा कोभिड १९ नेगेटिभ देखिएको जनाएको छ ।
कोभिड १९ को संक्रमणको इपि सेन्टरको रुपमा प्रदेश ५ देखिएको छ । जहाँ एक जनाको मृत्यु, एक सय ७६ मा संक्रमण देखिएको छ भने १६ हजार ६ सय ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...