
एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार शान्तिका लागि एकजुट हुन आह्वान गरेका छन्।
सन् २०२४ को प्राथमिकताबारे न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले न्यायपूर्ण र दिगो शान्ति कायम गर्न संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनअनुरूप शान्तिका लागि काम गर्नु आवश्यक रहेको बताएका हुन्।
एकीकरण लामो र विस्तृत एजेन्डा भएको बताउँदै उनले विभिन्न चुनौतीहरू साझा सूत्रद्वारा जोडिएको, आयामहरूमा शान्तिको आवश्यकता भएकोले शान्ति एकीकरणको बन्धन भएको बताएका छन्।
युगौं पुरानो आणविक खतरा, जलवायु आपतकाल, र कृत्रिम बौद्धिकताको अनियन्त्रित चुनौतीहरूको बिचमा एकताबद्ध र सङ्गठित प्रतिक्रियाको आवश्यकता रहेको पनि उनले बताए।
कृतिम बौद्धिकताबाट उत्पन्न खतरालाई सम्बोधन गर्न, जलवायु परिवर्तन नियन्त्रण गर्न तथा दिगो विकास लक्ष्यहरू प्राप्त गर्न, अगाडि बढ्ने बाटो चुनौतीपूर्ण भए पनि स्पष्ट रहेको उनको धारणा थियो।
डरलाग्दा चुनौतीका बिचमा जटिल बाटो छिचोल्दै शान्ति र एकताको आह्वान संयुक्त राष्ट्रसङ्घभित्र तथा बाहिर गहन आवश्यकता रहेको उनले बताए।
काठमाडौं : विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को निधन भएको छ । पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले शनिबार...
काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा...
काठमाडौं : सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका औरही गाउँपालिका– २, तुलसियाहीका १५...