भक्तपुर । सवारी दुर्घटना हुदा एक महिला घाइते भएकी छन् । अरनिको राजमार्ग अन्तर्गत काठमाडौंबाट सूर्यविनायक तर्फ जाँदै गरेको B AD ३२९३ नम्बरको कारले बागमती प्रदेश ०२ ०२७ प ४६०८ नम्बरको स्कुटीलाई ठक्कर दिदा निरिक्षा खनाल घाइते भएको प्रहरीले जनाएको छ ।
सूर्यविनायक नगरपालिका स्थित चुनदेविमा उक्त दुर्घटना भएको हो । घाइते निरिक्षाको घुँडा र हातमा चोट लागेको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेएको छ भने ठक्कर दिने कार र चालक निरज पन्तलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताएकाे छ ।
घाइतेको अवस्था सामान्य रहेको छ । सडक सुरक्षाका विभिन्न अभियान थालेपनि पछिल्लो समय भक्तपुरमा सडक दुर्घटना बढेको प्रहरीको भनाइ छ । साउन यता ७३ वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरकाे तथ्याङ्क छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...