लामाटोलमा सोनाम ल्होछार १८६० सम्पन्न – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

लामाटोलमा सोनाम ल्होछार १८६० सम्पन्न

भक्तपुर । तामाङ समुदायले महान पर्व १८६० सोनाम ल्होछार भव्यताकासाथ मनाएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ६, नगरकोट, लामाटोल स्थित झ्याङ्गछुप छ्योर्तेन (स्तुपा) उद्घाटन गर्दै यस वर्षको ल्होछार मनाएको हो ।

आफ्नै सक्रियतामा करिब एक वर्ष लगाएर स्थानीयले स्तुपाको निर्माण सम्पन्न गरी आज उद्घाटन गरेका हुन । उर्गेन साङ्गे छ्‌योइलिङ्ग गुम्बाका प्रमुख लामा लोपेन कर्म दोर्जे दोङले स्तुपा उद्घाटन गरेका हुन । सो अवसरमा प्रदेश साँसद, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, समाजसेवी, बुद्धिजिवी, बौद्ध धर्मालम्बी एवं भक्तजनको सहभागिता रहेको थियो ।

सोनाम ल्होछारको शुभ अवसरमा आयोजित उक्त कार्यक्रममा तामाङ समुदायले विभिन्न साँस्कृति झाकी, नृत्य, र सस्कृति भेषभुषा प्रस्तुत गरेका थिए । लामाटोल, नगरकोटमा आज विशेष पुजापाठ गरि स्तुपाको उद्घाटन गर्दै प्रकृतिका सबै प्राणीलाई शान्ति मिलोस भन्ने उदेश्यले लामापाठ गरिएको झ्याङ्गछुप छोर्तेन (स्तुपा) निर्माण समिति अध्यक्ष हरि बहादुर लामाले बताए ।

नगरकोटको पर्यटनमा तामाङ समुदायको महत्वपूर्ण भूमिका भएकोले पर्यटन विकासमा यसले अझ टेवा पुग्ने वडा नं. छ का वडाध्यक्ष धनबहादुर लामाले बताए । स्तुपाको निर्माण कार्य तथा प्राण प्रतिष्ठा कार्यक्रमको सफल्ताको शुभकामना दिदै भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले सबै समुदायले लोछारको नजिकबाट अवलोकन गरेको बताइन् ।

सम्बन्धित समाचार

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० माघ २७, १९: १५

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० माघ २७, १९: १५

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० माघ २७, १९: १५

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...