लोकल उत्पादनलाई ब्रान्डिङ गरिन्छः मुख्यमन्त्री चौधरी – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

लोकल उत्पादनलाई ब्रान्डिङ गरिन्छः मुख्यमन्त्री चौधरी

दाङ । स्थानीय उत्पादनलाई ब्रान्डिङ गरेर बजारसम्म पु¥याउने योजनामा प्रदेश सरकार रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताएका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनीको छैठौँ प्रदेशसभामा मुख्यमन्त्री चौधरीले स्थानीय उत्पादनलाई ब्रान्डिङ गरेर बजारसम्म पु¥याउने कार्यमा सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गरे कार्यक्रममा मुख्यमन्त्री चौधरीले भने, समृद्ध प्रदेश बनाउने काममा सरकार एक्लैले गर्न सक्दैन, नीजि क्षेत्रले स्थानीय बस्तु तथा सेवा उत्पादन, बजारीकरणमा ध्यान दिन आवश्यक छ ।

दाङ देउखुरीको मौवाको रक्सीलाई स्थानीय वाइनको रुपमा ब्रान्डिङ गरेर विदेशमा सजिलै बिक्री गर्ने आधार रहेको भन्दै उनले महङ्गा विदेशी रक्सी बेचेर पूँजी पलायन हुनेभएकोले स्थानीय मौवाको रक्सीलाई ब्रान्डिङ गर्ने काममा प्रदेश सरकार पनि लागि परेको जानकारी दिए ।

समय समयमा आयोजना गरिने मेला महोत्सवमा स्थानीकरणको आभासै नभएको भन्दै मुख्यमन्त्री चौधरीले नीजि क्षेत्रपनि धेरै सुध्रनुपर्ने अवस्थामा रहेको बताए ।

सम्बन्धित समाचार

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० माघ २७, २०: १६

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० माघ २७, २०: १६

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० माघ २७, २०: १६

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...