
धनकुटा । शनिवार आयोजित सहिद भिम नारायण स्मृती प्रतिष्ठान धनकुटाले आयोजना गरेको कार्यक्रममा सहिद श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
उक्त कार्यक्रममा कप्तान सहिद यज्ञ बहादुर थापाको ४५ औं स्मृती दिवस तथा पूर्व प्रधान मन्त्री एवंम् पूर्व कांग्रेस सभापति स्वर्गीय शुसील कोईरालाको स्मृती दिवशको अवसरमा सहिद भिम नारायण स्मृती प्रतिष्ठान धनकुटाले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा उपस्थित सबैले उनीहरुप्रती सम्मान पूर्वक श्रद्धाञ्जली अर्पण गरेका थिए ।
सोहि कार्यक्रममा कांग्रेस धनकुटाका सभापति दिनेश राई, कांग्रेसका पूर्व केन्द्रिय आमन्त्रित सदस्य सहिद पुत्र मनोहर नारायण श्रेष्ठ, कांग्रेस प्रदेश कार्य समितिका सदस्य नविन किशोर शाक्य,जिल्ला सचिव विजय सन्तोषीराई,सहसचिव रोशन श्रेष्ठ,महासमिति सदस्य सुमना तिम्सिना,महाधिवेशन प्रतिनिधि धिरेन्द्र वहादुर लिम्बु,नेपाल तरुण दलका केन्द्रिय सदस्यहरु तिलक महत,युवराज पुराजुली,जिल्ला सदस्यहरु अम्विका परियार,विष्णु पौडेल,धनकुटा नगर कार्य समितिका सभापति नरेश श्रेष्ठ,वडा नं. ५का वडाध्यक्ष धनकुमार राई लगायतले सहिद श्रेष्ठ, थापा एवंम् पूर्व प्रधान मन्त्री तथा कांग्रेस सभापति स्वर्गीय सुशील कोईरालाको योगदानको चर्चा गर्दै उनीहरुप्रति श्रद्धाञ्जली अर्पण गरी सम्मान गरेका थिए
।
सहिद भिम नारायण स्मृती प्रतिष्ठान धनकुटाका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको उक्त श्रद्धाञ्जली कार्यक्रमको संचालन संस्थाका महासचिव रोशन श्रेष्ठले गरेका थिए भने सो अवसरमा नेपाल कर्मचारी युनियन धनकुटाका पूर्व अध्यक्ष टंक दवाडी,धनकुटा नगरपालिका वडा नं.६ का वडा सदस्य कुसुम जोशी श्रेष्ठ,नेपाली कांग्रेसका नेताहरु रमेश शाक्य,विरेन्द्रलाल, श्रेष्ठ,प्रकाश श्रेष्ठ, महेश श्रेष्ठ,धिरेन्द्रलाल श्रेष्ठ,लक्ष्मण खड्का प्रतिष्ठानका कोषाध्यक्ष रिना उदास,समाजसेवी जिवलाल थेचमी,लगायतले सहिद श्रेष्ठ र थापा एवंम् पूर्व प्रधान मन्त्री तथा पूर्व सभापति स्वर्गीय शुसील कोईराला प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
सहिद भिम नारायण श्रेष्ठ , कप्तान सहिद यज्ञ वहादुर थापालाई तत्कालिन राजा विरेन्द्रलाई विराटनगरमा सवारी भएको समयमा २०३० साल चैत्र ३ गते विराटनगरमा बम प्रहार गरेको भियोगमा ५ बर्षको कठोर जेल सजायपछि तत्कालिन पञ्चायती सरकारले २०३५ साल माघ २६ गते गोली हानी हत्या गरेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले बताए।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...