अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आज ३३ औं स्थापना दिवस – Naya Bikalpa
February 21, 2024, Wednesday

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आज ३३ औं स्थापना दिवस

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज ३३ औँ स्थापना दिवस मनाउँदै छ ।

अख्तियारले ‘सुधारौँ सोच, संस्कार र व्यवहार नियन्त्रण हुन्छ भ्रष्टाचार’ भन्ने नाराका साथ आफ्नो स्थापना दिवस मनाउन लागेको हो ।

सार्वजनिक पद धारण गरेका व्यक्तिले अख्तियार दुरुपयोग गरेकोबारे अनुसन्धान गर्ने जिम्मेवारीसहित संवैधानिक निकायका रूपमा २०४७ सालमा आयोग स्थापना गरिएको हो ।

आयोगले स्थापनादेखि अहिलेसम्म अख्तियार दुरुपयोग भएका विषयमा अनुसन्धान र छानबिन गरी भ्रष्टाचार गरेको देखिएमा अदालतमा मुद्दा दर्ता गर्दै आइरहेको छ ।

अख्तियारले हटलाइन नम्बरदेखि हुलाक र विभिन्न सामाजिक सञ्जालमार्फत उजुरी र गुनासो संकलन गर्दै आएको छ ।

पछिल्लो समय आयोगमा परेका उजुरीमध्ये ५० प्रतिशत स्थानीय तहसँग सम्बन्धित रहेका छन् भने स्थानीय तहपछि अख्तियारमा भूमि र शिक्षासँग सम्बन्धित उजुरी छन् ।

 

सम्बन्धित समाचार

समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि हुन्छः राष्ट्रपति
समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि हुन्छः राष्ट्रपति
  • २०८० माघ २८, १२: १९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वास्तविक रूपमा पीडितले समयमै न्याय पाउन सकेमा मात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि भई न्यायपालिकाका उद्देश्यहरू हासिल...

ओरालो झर्दै शेयर बजार, खुम्चियो कारोबार
ओरालो झर्दै शेयर बजार, खुम्चियो कारोबार
  • २०८० माघ २८, १२: १९

काठमाडौं । शेयर बजार निरन्तर ओरालो झरेसँगै कारोबार रकम समेत खुम्चिदै गएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का...

नामिबियासँग नेपाल लगातार दोस्रो खेलमा पनि पराजित
नामिबियासँग नेपाल लगातार दोस्रो खेलमा पनि पराजित
  • २०८० माघ २८, १२: १९

काठमाडौं । नेपालले नामिबियासँग लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु मैदानमा बुधबार सम्पन्न खेलमा...