देशभर ६ महिनामा १० लाखबढी सवारीसाधन कारबाहीमा – Naya Bikalpa
February 21, 2024, Wednesday

देशभर ६ महिनामा १० लाखबढी सवारीसाधन कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले चालू आर्थिक वर्षको ६ महिनामा देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारीसाधनलाई कारबाही गरेको छ।

गत साउनदेखि पुस मसान्तसम्म गरिएको कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार आठ सय ५२ राजस्व संकलन गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।

राजस्वमध्ये काठमाडौं उपत्यकाबाट ३२ करोड ३३ लाख ७० हजार, कोशी प्रदेशबाट सात करोड ८७ लाख दुई हजार ९४३, मधेशबाट १० करोड पाँच लाख ५८ हजार ९०१, बागमतीबाट सात करोड ८८ लाख ४० हजार, गण्डकीबाट आठ करोड १८ लाख ७६ हजार छ, लुम्बिनीबाट नौ करोड ३८ लाख ६४ हजार दुई, कर्णालीबाट एक करोड ५६ लाख ४५ हजार र सुदूरपश्चिम प्रदेशबाट दुई करोड ४२ लाख ८८ हजार संकलन भएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

उनका अनुसार ट्रक–ट्यांकरबाट १५ करोड १९ लाख ९५ हजार चार सय, बस–मिनीबसबाट नौ करोड २० लाख पाँच, कार–जिप–भ्यानबाट १८ करोड ९० लाख ७६ हजार ८०६, ट्याक्टरबाट दुई करोड ८८ लाख १६ हजार, मोटरसाइकलबाट ३१ करोड १७ लाख ३४ हजार पाँच सय ४६ र टेम्पो तथा अन्यबाट दुई करोड ५३ लाख २१ हजार ६ सय राजस्व संकलन भएको हो।

सम्बन्धित समाचार

राप्रपाको मागलाई स्वाभाविक रूपमा लिएकोः प्रधानमन्त्री
राप्रपाको मागलाई स्वाभाविक रूपमा लिएकोः प्रधानमन्त्री
  • २०८० माघ २८, १४: ३०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राप्रपाको मागलाई आफूले स्वाभाविक रूपमा लिएको बताएका छन् । बुधबार दिउँसो राष्ट्रिय प्रजातन्त्र...

समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि हुन्छः राष्ट्रपति
समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि हुन्छः राष्ट्रपति
  • २०८० माघ २८, १४: ३०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वास्तविक रूपमा पीडितले समयमै न्याय पाउन सकेमा मात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि भई न्यायपालिकाका उद्देश्यहरू हासिल...

ओरालो झर्दै शेयर बजार, खुम्चियो कारोबार
ओरालो झर्दै शेयर बजार, खुम्चियो कारोबार
  • २०८० माघ २८, १४: ३०

काठमाडौं । शेयर बजार निरन्तर ओरालो झरेसँगै कारोबार रकम समेत खुम्चिदै गएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का...