
काठमाडौं । गृह मन्त्रालयले आइतबार अध्यागमन सम्बन्धी विषयमा प्रतिनिधिसभाको राज्यव्यवस्था समितिमा छलफलका लागि पेस गरेको विवरणअनुसार सन् २०२३ मा नेपालबाट ४ सय ५९ जना विदेशी नागरिकलाई सरकारले देश निकाला गरेको छ।
भिसा अवधि सकिसके पनि नेपालमै बसिरहेका विदेशी नागरिकहरूलाई गृह मन्त्रालयले निष्कासन गरेको हो ।
यसअघि सन् २०१७ मा ५५९, सन् २०१८ मा ६७८, सन् २०१९ मा ६७१, सन् २०२० मा ३३२, सन् २०२१ मा ३०८, सन् २०२२ मा ५७० जना विदेशी नागरिकहरू नेपालबाट निकालिएका थिए ।
मन्त्रालयका अनुसार गैरआवसीय नेपाली नागरिकता लिएका नेपाली मूलका विदेशीहरूको भिसा शुल्क सम्बन्धमा स्पष्ट नभएकोले उनीहरूलाई निष्कासन गरिएको हो ।
नेपालमा नेपाली नागरिकहरूसँग वैवाहिक सम्बन्धका आधारमा रिलेसन भिसामा रहेका विदेशी मूलका नागरिकहरूले नेपालमा काम गर्न पाउने वा नपाउने सम्बन्धी द्विविधा कायमै रहेको मन्त्रालयको भनाइ छ ।
लामो समयसम्म नेपालमै काम गरेर बसेका अथवा विभिन्न संघसंस्थामा आबद्ध भएर काम गरिरहेका विदेशी नागरिकहरू पनि भिसा अवधिका कारण निष्कासित हुन परेको कुरालाई पनि मन्त्रालयले उठाएको छ ।
मन्त्रालयको प्रतिवेदनमा भनिएको छ, ‘भिसा अवधि लम्बिएकै कारण भिसा शुल्क र जरिवाना तिर्न नसक्दा कतिपय विदेशी नागरिकहरू नेपाली कारागार र अध्यागमनको हिरासतमा रहेका छन् ।
उनीहरूको शुल्क र जरिवाना मिनाहा गर्ने व्यवस्था पनि नभएकाले उनीहरूलाई लामो समयसम्म नेपाल सरकारले पाल्नुपरेको छ । यस सम्बन्धमा कूटनैतिक तहबाट पारस्परिकताको आधारमा सम्झौता गरी सहज ढंगबाट निष्कासन हुने व्यवस्था मिलाउनु पर्ने देखिन्छ ।’
यो सँगै मन्त्रालयले नेपालमै जन्मिएका तर बुवाआमा विदेशी भएकाहरूलाई इन्ट्री भिसा र विदेश प्रस्थान गराउने सम्बन्धी स्पष्ट व्यवस्था नभएकाले उनीहरूले अनागरिकको जीवन बिताइरहनु परेको प्रति पनि समितिलाई जानकारी गराएको छ ।
नेपालमा रहेका विदेशी शरणार्थीहरू सम्बन्धी पनि कानुनी जटिलताको कारण नेपालमै अड्किरहेको मन्त्रालयले जानकारी गराएको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...