ठगी गर्ने पाँच जना पक्राउ, २ लाख ९६ हजार बरामद – Naya Bikalpa
February 21, 2024, Wednesday

ठगी गर्ने पाँच जना पक्राउ, २ लाख ९६ हजार बरामद

भक्तपुर । नक्कली सुन देखाई ठगी गर्ने पाँच जना पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका वडा नं ८ बोडेबाट पक्राउ गरी खानतलासी गर्दा ८ थान मोबाइल, २ लाख ९६ हजार नगद र विभिन्न सामाग्री बरामद गरेको प्रहरीले जनाएको छ ।

रामेछाप दोरम्बा गाँउपालिका वडा नं ४ घर भई हाल भक्तपुरको मध्पुर ठिमी नगरपालिका कोरियन अस्पताल नजिकै एक महिलालाई फोन गरी १ केजी सुन छ । लगानी गर्नु पर्‍यो बेचेर भागबण्डा गरौला नाफा हुन्छ भन्दै सुन जस्तो बस्तु देखाई प्रलोभनमा पारी ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुृलेको छ ।

माघ २० गते भक्तपुर नगरपालिका वडा नं २ व्यासी स्थितबाट दुई लाख पचत्तर हजार, २२ गते सोही स्थानबाट पाँच लाख गरी जम्मा रु सात लाख पचहत्तर हजार रुपैयालिई फरार भएको भन्ने जाहेरीको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय भक्तपुर शाखा र प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले खोजतलास गरेको हो ।

सोही ठगीमा सम्लंनलाई बोडेबाट पक्राउ गरी प्रहरीले उनीहरुको साथबाट नगद तथा सामानहरु बरामद गरेको हो । अहिले उनीहरुलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखी थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक बसन्त पाठकले बताए ।

पक्राउ पर्ने सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नं. ५ घर भई हाल भक्तपुर बोडे बस्ने बर्ष ३८ को छुल्टीम लामा, बर्ष ३३ का राजेन्द्र तामाङ, बर्ष २७ का चिन बहादुर लामा, सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नंं ८ बस्ने बर्ष ४८ का जित बहादुर तामाङ र बाह्रविसे नगरपालिका वडा नं ५ घर भई हाल काठमाण्डौ मुलपानी बस्ने बर्ष ३१ का मिलन भन्ने दावा दुण्डुप तामाङ रहेको प्रहरी नायव उपरिक्षक पाठकले बताए ।

सम्बन्धित समाचार

गलतप्रबिद्धिका मानिसहरुको सत्तामा बलियो पकडः नेता केसी
गलतप्रबिद्धिका मानिसहरुको सत्तामा बलियो पकडः नेता केसी
  • २०८० माघ २८, २०: ०५

काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिह केसीले ‘माफिया, बिचौलिया, कालोधनका धनपतिले सत्तामा बलियो पकड जमाएका छन्  । केसीले महासमिति बैठकमा...

मन्त्री ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गर्दै अनेरास्ववियुको मसाल जुलुस
मन्त्री ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गर्दै अनेरास्ववियुको मसाल जुलुस
  • २०८० माघ २८, २०: ०५

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गर्दै बुधबार काठमाडौंमा मसाल...

कांग्रेसलाई डिजिटल पार्टी बनाउन प्रदीप पौडेलको २८ बुँदे प्रस्ताव
कांग्रेसलाई डिजिटल पार्टी बनाउन प्रदीप पौडेलको २८ बुँदे प्रस्ताव
  • २०८० माघ २८, २०: ०५

काठमाडौं।नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीलाई पूणर्रुपमा ‘मास बेस्ड’ डिजिटल पार्टी बनाउन संकल्प गर्नुपर्ने बताएका छन्। पार्टीभित्र प्रत्यक्ष निर्वाचन...