पल्सर स्पोर्ट्स अवार्डमा एथलेटिक्सले वर्चस्व – Naya Bikalpa
September 7, 2024, Saturday

पल्सर स्पोर्ट्स अवार्डमा एथलेटिक्सले वर्चस्व

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा एथलेटिक्सले वर्चस्व कायमै राखेको छ । नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आइतबार आयोजना गरेको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ मा एथलेटिक्सका दीपक अधिकारी र राजपुरा पछाई वर्ष खेलाडी घोषित भएका छन् ।

वर्षको उत्कृष्ट प्रशिक्षकमा एथलेटिक्सकै चन्द्र गुरुङ घोषित भएका छन् । अधिकारी, पछाई र गुरुङले १६औं एसियाली क्रसकन्ट्री दौडमा पदक जितेका थिए । यस संस्करणदेखि मञ्चले अवार्डका लागि सुरुमा ८ जनाको मनोनयन गरेको थियो ।

जसमध्येबाट शीर्ष ३ छानेर यसअघि शीर्ष तीनको मनोनयन सार्वजनिक गरिएको थियो । आज तीनै ३ मध्येबाट अवार्ड विजेता छानिएका हुन् ।पुरुषतर्फ दीपकले क्रिकेटका रोहितकुमार पौडेल र आसिफ सेखलाई पछाडि पारे ।

महिलामा राजपुराले एथलेटिक्सकै पुष्पा भण्डारी र बास्केटबलकी अनुसा मल्ललाई पछि पारिन् । वर्ष उत्कृष्ट खेलाडीद्वय दीपक र राजपुराले बजाज पल्सर एन २५० मोटरसाइकल पुरस्कार पाएका छन् ।

वर्ष उत्कृष्ट प्रशिक्षक गुरुङले पनि पल्सर एन १६० मोटरसाइकल पाए । प्रशिक्षक गुरुङले बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमटालाई पछि पारे ।

सम्बन्धित समाचार

नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन प्रधानमन्त्रीको आग्रह
नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन प्रधानमन्त्रीको आग्रह
  • २०८० माघ २८, २१: ३०

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई आग्रह गरेका छन्...

मधेशमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने
मधेशमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने
  • २०८० माघ २८, २१: ३०

धनुषा : चिकित्सा शिक्षा आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...

केही स्थानमा भारी वर्षाको सम्भावना
केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०८० माघ २८, २१: ३०

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको...