काठमाडौं । पाकिस्तानको आम निर्वाचनमा व्यापक धाँधली भएको भन्दै अदालतमा व्यापक उजुरीहरू परेका छन् । हाल जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पाकिस्तान तहरीक ए इन्साफ पार्टीले समर्थन गरेका उम्मेदवारहरूले मतदानमा धाँधली भएको आरोप लगाएका छन् ।
चुनावी नतिजा र त्यसपछिको राजनीतिक परिस्थितिलाई लिएर उक्त दलले शान्तिपूर्ण प्रदर्शनको आह्वानसमेत गरेको छ। इमरान खानको दलले पाकिस्तानको निर्वाचन आयोग र अन्य सरकारी भवनबाहिर शान्तिपूर्ण विरोध प्रदर्शनको आह्वान गरेको हो।
जेलमा रहेका खानलाई निर्वाचनमा प्रतिस्पर्धा गर्न रोक लगाइएको थियो। उनको दलको समर्थन पाएका धेरै स्वतन्त्र उम्मेदवारहरूले चुनाव जितेका छन् ।
चुनाव जितेको दाबी
जेलबाटै खानले आफ्नो दलले चुनाव जितेको घोषणा गरेका छन् भने उनका प्रतिद्वन्द्वी नवाज शरिफले पनि जितको दाबी गरेका छन् । हालसम्मको चुनावी नतिजाले खानको दलले समर्थन गरेका उम्मेदवारले धेरै स्थानमा जितेको देखाएको छ।
चुनावमा धाँधली भएको भन्ने खानको दलको आरोपलाई पाकिस्तानी अधिकारीहरूले भने अस्वीकार गरेका छन्।पीटीआईले मात्र नभइ पाकिस्तानका कतिपय धार्मिक दलहरूले पनि चुनावमा धाँधली भएको आरोप लगाउँदै विरोध प्रदर्शनको आह्वान गरेका छन्।
चुनावी नतिजा
प्रतिनिधि सभाका २६६ सिटका लागि भएको मतदानमा गएरातिसम्म २६४ क्षेत्रको नतिजा आएको हो। एक सिटको निर्वाचन रद्द भएको छ भने एक क्षेत्रमा मतगणना स्थगित भएको छ ।
२६४ सिटको नतिजा आउँदा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीले पाकिस्तान तेहरिक(इ(इन्साफ ९पिटिआई० समर्थित स्वतन्त्र उम्मेदवारहरूले १०१ सिट जितेको छ।
पिटिआईलाई त्यहाँको निर्वाचन आयोगले उनीहरूको चुनाव चिह्न नदिएपछि पिटिआईका र त्यसका समर्थित नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका थिए।
सेनाको समर्थनका बाबजुद उक्त दलले पनि बहुमत पाउन सकेन। पिएमएल(एनले ७५ सिट ल्याएको छ। त्यस्तो बिलाओल भुट्टोको पाकिस्तान पिपुल्स पार्टी पार्लियामेन्टेरियन ९पिपिपी०ले ५४ सिट जितेको छ भने मुत्ताहिडा क्वमी मुभमेन्टले १७ सिट जितेको छ।
चारवटै प्रान्तीय सभाको पनि परिणाम आइसकेको छ। पञ्जाबमा २९७ सिटमध्ये १३८ सिटमा इमरान खान समर्थित स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।
यहाँ पिएमल( एनले १३७ सिट जितेको छ भने पिपिपीले १० सिट मात्रै ल्याएको छ। सिन्धमा १३० मध्ये पिपिपीले ८४ सिट ल्याएको छ। यहाँ मुत्ताहिडा क्वमी मुभमेन्ट पाकिस्तानले २८ सिट जित्दा इमरान खान समर्थित स्वतन्त्र उम्मेदवारले १३ सिट जितेक छन्।
खेबर पख्तुन्ख्वामा १२२ मध्ये ९० सिट स्वतन्त्र उम्मेदवारले जितेका छन्। बलोचिस्तानमा ५१ सिटमध्ये पिपिपीले ११, पिएमएल(एनले १०, जमियत उलमा(इ(इस्लामले ११ र स्वतन्त्र उम्मेदवारले ६ सिट जितेको छ।
यसपालि सेनाले निर्वाचनमा धाँधली र हस्तक्षेप गरेका कारण निष्पक्ष निर्वाचन हुन नकसेको समेत भनिएको छ। अमेरिका, बेलायत र इयूले वक्तव्य नै जारी गरेर पाकिस्तानको निर्वाचनमा सेनाले धाँधली र हस्तक्षेप गरेको बताउँदै छानबिनको माग गरेको छ।
काठमाडौं : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका जन्मिएका तर आवश्यक कागजात नभएका व्यक्तिलाई स्वतः नागरिकता दिने नीति अन्त्य गर्ने...
एजेन्सी : कुर्दिस नेतृत्वको विद्रोहीले आइतबार दमास्कसमाथि धावा बोलेको र राष्ट्रपति बशर अल असद भागेको दावी गरेको छ । उनीहरूले...
एजेन्सी : कुवेतमा गल्फ एयरको उडानमा फसेका यात्रुहरू कुवेतबाट सोमबार उद्धार गरेको कुवेतस्थित भारतीय दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । दूतावासको...