
काठमाडौं । तेस्रो एकदिवसीय सिरिजको अन्तिम खेलमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन जोड्यो ।
क्यानडाका लागि नवनित दलिवालले ५० रनको अर्धशतकीइ पारी खेले । ८२ बलको सामना गरेका उनी ललित राजवंशीको बलमा आउट भए ।
त्यस्तै निखिल दत्तले ४५ रन थपेको खेलमा कप्तान साद विन जफरले ३१, हर्श थाकरले २९, श्रेयास मोभ्भाले २५ तथा श्रीमन्था विजयरत्नेले २२ रन जोडे ।
बलिङतर्फ नेपालका हेमन्त धामीले तिन विकेट लिए । ८ ओभर बलिङ गरेका उनले ५० रन खचिएर ३ विकेट लिएका हुन् । हेमन्तको आज डेब्यू खेलमा उनले,‘राष्ट्रिय टिमबाट डेब्यू गर्दै डेब्यू खेलमै ३ विकेट लिए ।’
कुशल मल्लले २ तथा ललितनारायण राजवंशी, पवन सर्राफ र आकाश चन्दले समान १ विकेट लिए ।
यसअघि लगातार दुई खेल जित्दै नेपालले सिरिज जितिसकेको छ।
फागुन पहिलो सातादेखि सुरु हुने आइसिसी विश्वकप लिग–२ को तयारीका लागि नेपालले क्यानडासँग सिरिज खेलेको हो।
कीर्तिपुर मैदानमा हुने लिग–२ को सिरिजमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...