पञ्चकोटमा पहिलोपटक गण्डकी प्रदेश क्याबिनेट बैठकः८ वटा निर्णय सहित – Naya Bikalpa
September 7, 2024, Saturday

पञ्चकोटमा पहिलोपटक गण्डकी प्रदेश क्याबिनेट बैठकः८ वटा निर्णय सहित

 

पोखरा । गण्डकी प्रदेश सरकारको क्याबिनेट बैठक पहिलो पटक बागलुङको पञ्चकोटमा बसेको छ ।

बैठकले विभिन्न ८ वटा निर्णय गरेको छ । आगामी अधिवेशनका लागि थप २ वटा विधेयक तयार गरेको छ ।

प्राइभेट फर्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्ने विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

यस्तै, घातक रोगबाट उपचार गराइरहेकालाई आर्थिक सहायता उपलब्ध गराउने, प्रदेश निजामती सेवा पुरस्कार सिफारिस समितिलाई पूर्णता दिएको छ ।

मनाङको नासो गाउँपालिकाको वडा सीमाना संशोधनका लागि नेपाल सरकारलाई सिफारिस गरिएको छ ।

समपूरक तथा विशेष अनुदान अन्तर्गत आयोजना–कार्यक्रम समावेश गर्न नेपाल सरकारमार्फत राष्ट्रिय योजना आयोगमा अनुरोध गर्ने निर्णय पनि भएको प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन्।

बैठकले गण्डकी प्रदेश आन्तरिक लेखापरीक्षण निर्देशिका, २०८० स्वीकृत गरेको छ भने गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको अर्यालले बताइन् ।

सम्बन्धित समाचार

भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा
भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा
  • २०८० माघ २९, १३: ३८

काठमाडौं : भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा सहभागी हुन ऊनी काठमाडौ आएका...

नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन प्रधानमन्त्रीको आग्रह
नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन प्रधानमन्त्रीको आग्रह
  • २०८० माघ २९, १३: ३८

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई आग्रह गरेका छन्...

मधेशमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने
मधेशमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने
  • २०८० माघ २९, १३: ३८

धनुषा : चिकित्सा शिक्षा आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...