शीर्ष नेता र न्यायाधीशको सम्पत्ति छानबिन गर्नः सांसद विष्टको प्रस्ताव – Naya Bikalpa
March 16, 2025, Sunday

शीर्ष नेता र न्यायाधीशको सम्पत्ति छानबिन गर्नः सांसद विष्टको प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद नरबहादुर बिष्टले शीर्ष नेताहरु, प्रशासक र न्यायाधीशहरुको सम्पत्ति छानबिनका लागि उच्च स्तरीय न्यायिक आयोग बनाउने प्रस्ताव गरेका छन् ।

राष्ट्रिय सभाको बैठकमा सोमबार विशेष समय उनले यस्तो प्रस्ताव राखेका हुन् ।

‘ उनले शीर्ष नेताहरु, प्रशासक र न्यायाधीशहरुको सम्पत्ति छानबिनका लागि एउटा शक्तिशाली आयोग बनाउन प्रस्ताव गर्दै सम्पत्तिका सम्बन्धमा निश्पक्ष छानबिन गरेर भ्रष्टाचारको सम्पति राष्ट्रीयकरण गर्नुपर्ने बताए ।

न्यायालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय अनुसन्धान विभाग लगायतका निकायहरुले प्रभावकारी काम गर्न नसकेको जनताले अनुभव गरेको उनको भनाइ छ ।

‘सांसद विष्टले अख्तियार निश्पक्ष नहुँदा शक्तिको प्रयोग हुने गरेपछि जनताले सुख नपाएको बताए । उनले भने‘जनताको पक्षमा न्यायलय छैन। स्वतन्त्र न्यायलय समेत नभएकाले अहिले सर्वसाधारणले दुःख पाइरहेका छन् ।’

अख्तियार अनुसन्धान आयोग निष्पक्ष नहुँदा आँफूले यस्तो बताउनु परेको उनले बताए । कुनै पनि भ्रष्टाचारविरुद्धको अनुसन्धानमा अख्तियारले कुनै पनि अपराधिक क्रियाकलापमा निष्पक्ष अनुसन्धानका लागि आवाज नउठाएको उनको दावी छ ।

सम्बन्धित समाचार

पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ, डिजेल–मट्टीतेलमा ४ रुपैयाँ घट्यो
पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ, डिजेल–मट्टीतेलमा ४ रुपैयाँ घट्यो
  • २०८० माघ २९, १४: १९

काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ...

ख्वप अस्पतालया अनुगमन
ख्वप अस्पतालया अनुगमन
  • २०८० माघ २९, १४: १९

ख्वप : प्रदेशस्तरीय अस्पतालमध्ये च्वन्ह्याःगु घोषित जूगु ख्वप अस्पतालय् शुक्रबाः मन्त्री व स्वास्थ्य सचिवलिसेंया टोलीं अनुगमन याःगु दु । बागमती...

गठबन्धन सरकार परिस्थितिया उपज खः : उपप्रधानमन्त्री सिंह
गठबन्धन सरकार परिस्थितिया उपज खः : उपप्रधानमन्त्री सिंह
  • २०८० माघ २९, १४: १९

तानसेन : उपप्रधानमन्त्री नापं सहरी विकासमन्त्री प्रकाशमान सिंहं देय्यात सङ्कटं बचे यायेत नेपाली कांग्रेस व नेपाल कम्युनिष्ट पार्टी (एमालें) गठबन्धन...