अनिलले प्रहार गरे लगातार दोस्रो अर्धशतक – Naya Bikalpa
February 21, 2024, Wednesday

अनिलले प्रहार गरे लगातार दोस्रो अर्धशतक

काठमाडौं। नेपाली ओपनर अनिलकुमार शाहले एकदिवसीय क्रिकेटमा अर्धसतक प्रहार गरेका छन् ।

क्यानडाले दिएको दुई सय ३३ रनको लक्ष्य पछ्याउने क्रममा अनिलले ५२ बलमा ५० रन पूरा गरे । यसक्रममा उनले आठ चौका प्रहार गरिसकेका छन् । उनले प्रारम्भिक चार बलमै लगातार चार चौका प्रहार गरेका थिए ।

यसअघि शनिबार कीर्तिपुर मैदानमै दुई सय ८६ रनको लक्ष्य पछ्याउने क्रममा अनिलले १९ बलमा ५० रन बनाएका थिए ।

२५ वर्षीय अनिलको एकदिवसीय क्रिकेटमा यो दोस्रो अर्धशतक हो । उनले हालसम्म राष्ट्रिय टोलीबाट पाँच म्याच खेलेका छन् ।

ताजा अवस्थामा नेपालले १७ ओभरको खेल सकिँदा एक विकेट गुमाएर ९७ रन बनाएको छ । अनिल ५३ र भीम सार्की २४ रन बनाएर खेलिरहेका छन् । अर्का ओपनर कुशल भुर्तेल ९ रन बनाएर आउट भइसकेका छन् ।

 

सम्बन्धित समाचार

बागमती प्रदेशको ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका’ स्वीकृत
बागमती प्रदेशको ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका’ स्वीकृत
  • २०८० माघ २९, १४: ५५

चितवन। बागमती प्रदेश सरकारले ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०’ स्वीकृत गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्देशिका स्वीकृत...

कर्णाली प्रदेशमा २५ प्रतिशत बालबालिकामा पुड्कोपना देखिएकोले भिटामिनयुक्त चामल बिक्रि गरिदैँ
कर्णाली प्रदेशमा २५ प्रतिशत बालबालिकामा पुड्कोपना देखिएकोले भिटामिनयुक्त चामल बिक्रि गरिदैँ
  • २०८० माघ २९, १४: ५५

सुर्खेत । कर्णालीमा भिटामिनयुक्त चामल बिक्रि गरिने भएको छ । पौष्टिक तत्वको कमी हुँदा कुपोषण कायमै रहेपछि खाद्य व्यवस्थापन तथा...

माछापुच्छ्रे बैंकद्धारा भीडियो केवाईसी सेवाको शुभारम्भ
माछापुच्छ्रे बैंकद्धारा भीडियो केवाईसी सेवाको शुभारम्भ
  • २०८० माघ २९, १४: ५५

काठमाडौं । माछापुच्छ्रे बैंक लि.ले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै भीडियो केवाईसी सेवाको शुभारम्भको गरेको छ । उक्त सेवाको सुरुवातसँगै...