सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले गर्यो पारित – Naya Bikalpa
February 21, 2024, Wednesday

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले गर्यो पारित

काठमाडौं । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित गरेको छ ।

सोमबार बसेको राष्ट्रियसभाको बैठकले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन ।

उनले विधेयकका सम्बन्धमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनको क्रमसंख्या एक देखि २९ सम्मको संशोधनहरू सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे ।

राष्ट्रियसभाको अर्को बैठक फागुन ६ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

सम्बन्धित समाचार

गलतप्रबिद्धिका मानिसहरुको सत्तामा बलियो पकडः नेता केसी
गलतप्रबिद्धिका मानिसहरुको सत्तामा बलियो पकडः नेता केसी
  • २०८० माघ २९, १५: ०५

काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिह केसीले ‘माफिया, बिचौलिया, कालोधनका धनपतिले सत्तामा बलियो पकड जमाएका छन्  । केसीले महासमिति बैठकमा...

बागमती प्रदेशको ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका’ स्वीकृत
बागमती प्रदेशको ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका’ स्वीकृत
  • २०८० माघ २९, १५: ०५

चितवन। बागमती प्रदेश सरकारले ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०’ स्वीकृत गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्देशिका स्वीकृत...

कर्णाली प्रदेशमा २५ प्रतिशत बालबालिकामा पुड्कोपना देखिएकोले भिटामिनयुक्त चामल बिक्रि गरिदैँ
कर्णाली प्रदेशमा २५ प्रतिशत बालबालिकामा पुड्कोपना देखिएकोले भिटामिनयुक्त चामल बिक्रि गरिदैँ
  • २०८० माघ २९, १५: ०५

सुर्खेत । कर्णालीमा भिटामिनयुक्त चामल बिक्रि गरिने भएको छ । पौष्टिक तत्वको कमी हुँदा कुपोषण कायमै रहेपछि खाद्य व्यवस्थापन तथा...