काठमाडौं । तेस्रो एकदिवसीय सिरिजको अन्तिम खेलमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपाल जवाफी ब्याटिङ गरिरहेको छ ।
जवाफी ब्याटिङमा रहेको नेपालका लागि भीम सार्कीले पनि अर्धशतक हिर्काएका छन् ।
भीमले ७८ बलमा ५ चौकासहित ५२ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् । भीमको यो ओडीआई करिअरको चौथो अर्धशतक हो ।
पछिल्लो पटक भीमले विश्वकप छनोट जिम्बावेमा अमेरिकाविरुद्ध ७७ रनको अविजित इनिङ खेलेका छन्। त्यो नै भीमको ओडीआई करिअरको उच्च प्रदर्शन हो ।
योसँगै भीम र अनिलबीच दोस्रो विकेटका लागि शतकीय साझेदारी पनि पूरा भएको छ ।
ताजा अवस्थामा नेपालले ३१ ओभरमा १ विकेट गुमाएर १४७ रन जोडेको छ । नेपालको क्रिजमा अनिल साह ७६ र भीम सार्की ५२ रन बनाएर खेलिरहेका छन् ।
यसअघि लगातार दुई खेल जित्दै नेपालले सिरिज जितिसकेको छ।
फागुन पहिलो सातादेखि सुरु हुने आइसिसी विश्वकप लिग–२ को तयारीका लागि नेपालले क्यानडासँग सिरिज खेलेको हो।
कीर्तिपुर मैदानमा हुने लिग२ को सिरिजमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ।
काठमाडौं : हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...
राैतहट : राजदेवी नगरपालिकास्थित बागमती नदीमा भत्केको बाँध मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका प्रमुख भिखारी यादव,...
काभ्रे : काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित...