सरकारले चालु आर्थिक वर्ष बजेटको लक्ष्य घटायो, ८७ प्रतिशत मात्रै खर्च हुने – Naya Bikalpa
January 24, 2025, Friday

सरकारले चालु आर्थिक वर्ष बजेटको लक्ष्य घटायो, ८७ प्रतिशत मात्रै खर्च हुने

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष (आव) बजेटको लक्ष्य घटाएको छ ।

सोमबार चालु आव २०८०/०८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशशरण महतले चालु आवमा कुल खर्चको ८७.३७ प्रतिशत मात्र खर्च हुने अनुमान गरिएको बताए ।

‘लक्ष्यअनुसारको आम्दानी हुने अवस्था नभएपछि र खर्च गर्ने ट्रेन्डमा सुधारको कोसिस गरे पनि पूरा हुन समस्या लाग्ने देखियो,’ महतले भने ।

सरकारले चालु आवका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको थियो । तर, अर्धवार्षिक समीक्षामार्फत सरकारले अब १५ खर्ब ३० अर्ब रुपैयाँ खर्च हुने संशोधित अनुमान गरेको छ ।

जसमा चालुतर्फ सुरुवाती विनियोजनको ८८.८४ प्रतिशत, पुँजीगततर्फ ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ८७.३९ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
  • २०८० माघ २९, १६: ५१

काठमाडौं : हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...

बाँध मर्मतको काम अन्तिम चरणमा
बाँध मर्मतको काम अन्तिम चरणमा
  • २०८० माघ २९, १६: ५१

राैतहट : राजदेवी नगरपालिकास्थित बागमती नदीमा भत्केको बाँध मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका प्रमुख भिखारी यादव,...

महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
  • २०८० माघ २९, १६: ५१

काभ्रे : काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित...