तीन गाउँपालिकामा ‘जनयुद्ध’ दिवसको सार्वजनिक विदा – Naya Bikalpa
September 7, 2024, Saturday

तीन गाउँपालिकामा ‘जनयुद्ध’ दिवसको सार्वजनिक विदा

उदयपुर । नेकपा माओवादी केन्द्रको नेतृत्व रहेका उदयपुर जिल्लाका तीन गाउँपालिकामा ‘जनयुद्ध’ दिवसको दिन सार्वजनिक विदा दिइएको छ ।

सर्वोच्च अदालतले जनयुद्ध दिवसको बिदा खारेज गरेपनि माओवादीको नेतृत्व रहेका ताप्ली, लिम्चुङबुङ र रौतामाई गाउँपालिकाले सार्वजनिक विदा दिएका हुन् ।

गत वर्ष संघीय सरकारले माओवादी सशस्त्र विद्रोह सुरु भएको दिनको सम्झना स्वरुप फागुन १ लाई जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

तर, सर्वोच्च अदालतले जनयुद्ध दिवसको बिदा खारेज गरेपछि तीन गाउँपालिकाले सूचना जारी गर्दै विदा दिएका छन् ।

ताप्ली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राई, रौतामाई गाउँपालिका अध्यक्ष वीरेन्द्रकुमार मगर र लिम्चुङबुङ गाउँपालिकाका प्रमुख प्रशसकीय अधिकृत योगेन्द्रराज गुरुङले एक सूचना जारी गर्दै फागुन १ गते जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिएका हुन् ।

गुरुङले जारी गरेको पत्रमा भनिएको छ, ‘यस गाउँपालिकाका श्रद्धेय अध्यक्ष ज्यूको मिति २०८०र१०र२५ गतेको अध्यक्षस्तरीय निर्णय अनुसार फागुन १ गते जनयुद्ध दिवसको अवसरमा लिम्चुङबुङ गाउँपालिकाभरि विदा दिने निर्णय भएको हुँदा सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

ताप्ली गाउँपालिकामा ढुंगराज विक, रौतामाईमा वीरेन्द्रकुमार मगर र लिम्चुङबुङ गाउँपालिकामा मेजरकुमार राईले माओवादी केन्द्रको तर्फबाट अध्यक्षमा जितेका छन् । तिनै जितेका गाउँपालिकामा जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिइएको छ ।

माओवादी केन्द्र उदयपुरका जिल्ला संयोजक विनोद कटुवालले दिवसले जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिनु जनयुद्धप्रति सम्मान भएको बताए ।

उनले भने, ‘इतिहासमा जनयुद्ध दिवस भनेको अहिलेको जनयुद्ध दिवसको दिन पालिकाहरुले दिएको सार्वजानिक विदा पनि सर्वोच्चको निर्णयप्रतिको विद्रोह हो ।’

सम्बन्धित समाचार

नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन प्रधानमन्त्रीको आग्रह
नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन प्रधानमन्त्रीको आग्रह
  • २०८० माघ २९, १९: ३५

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई आग्रह गरेका छन्...

मधेशमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने
मधेशमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने
  • २०८० माघ २९, १९: ३५

धनुषा : चिकित्सा शिक्षा आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...

अर्थ समितिको बैठक आइतबार बस्ने
अर्थ समितिको बैठक आइतबार बस्ने
  • २०८० माघ २९, १९: ३५

काठमाडौं : संघीय संसद, प्रतिनिधिसभा, अर्थ समितिको बैठक आइतबार बस्ने भएको छ । आइतबार सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने...