काठमाडौं । नेपालमा ५९ लाख नागरिक अझै गरिबीको रेखामुनि रहेको अध्ययनले देखाएको छ ।
केन्द्रीय तथ्यांक कार्यालयले सोमबार ‘नेपाल जीवनस्तर सर्वेक्षण २०७९/०८०’ सार्वजनिक गर्दा कुल जनसंख्याको २०.२७ प्रतिशत गरिबीको रेखामुनि रहेको देखाएको हो ।
यो चौथो नेपाल जीवनस्तर सर्वेक्षण हो । अघिल्लो सर्वोक्षणमा वार्षिक १९ हजार २६१ रुपैयाँलाई उपभोग आधार मानिएको थियो । १२ वर्षमा उपभोगमा आएको परिवर्तन र आवश्यकता तुलना गरेर आधार लाइन ७२ हजार ९०८ रुपैयाँ तोकिएको छ ।
अर्थात एक वर्षमा ७२ हजार ९०८ रुपैयाँ उपभोगमा खर्च गर्न नसक्ने नागरिकलाई गरिबीको रेखामुनि राखिएको छ ।
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई आग्रह गरेका छन्...
धनुषा : चिकित्सा शिक्षा आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...
काठमाडौं : संघीय संसद, प्रतिनिधिसभा, अर्थ समितिको बैठक आइतबार बस्ने भएको छ । आइतबार सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने...