कार्यान्वयनमा अक्षम देखिएपछि अर्थमन्त्री डा महत पुँजीगत खर्चबाट सशंकित – Naya Bikalpa
February 21, 2024, Wednesday

कार्यान्वयनमा अक्षम देखिएपछि अर्थमन्त्री डा महत पुँजीगत खर्चबाट सशंकित

काठमाडौं । चालु आर्थिक वर्षमा २१ प्रतिशत कम पुँजीगत बजेट विनियोजन गरेको सरकारले त्यसको कार्यान्वयनमा अक्षमता देखिएपछि अर्थमन्त्री डा प्रकाशशरण महतले सशंकित भएका छन् ।

चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा प्रस्तुत गर्दै अर्थमन्त्री डा महतले पुँजीगत खर्च विनियोजनको ८४ प्रतिशत मात्रै हुने संशोधित अनुमान गरेका छन् ।

चालु आर्थिक वर्षमा तीन खर्ब २ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरिएकोमा त्यसको ८४ प्रतिशत मात्रै खर्च हुने सरकारको अनुमान छ ।

चालु बजेट ८८ प्रतिशत र वित्तीय व्यवस्थातर्फको बजेट ८७ प्रतिशत खर्च हुने अनुमान सरकारको छ । यस वर्ष १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएका अर्थमन्त्री महतले खर्च बढाउन नसकिएको स्वीकार गरे ।

पछिल्लो ५ वर्षको बजेट केलाउँदा कुनै पनि सरकारले लक्ष्यको हाराहारी समेत बजेट खर्च गर्न सकेका छैनन् । यसै मेसोमा अर्थमन्त्री महत पनि थपिएका छन् ।

अर्थ मन्त्रालयले अबको ६ महिनामा बजेट खर्च बढ्ने आधारका रुपमा रासायनिक मलको खरिद, जाजरकोट र रुकुमपश्चिममा क्षति भएका आवास तथा संरचना पुनर्निर्माणका लागि निकासा भएको बजेटको खर्च, विद्युतीय राहदानी छपाइमा भएको अपुग खर्च निकासा, उखु किसानको भुक्तानी, सामाजिक सुरक्षाको अपुग रकम भुक्तानीजस्ता विषयलाई समेटेको छ ।

सम्बन्धित समाचार

गलतप्रबिद्धिका मानिसहरुको सत्तामा बलियो पकडः नेता केसी
गलतप्रबिद्धिका मानिसहरुको सत्तामा बलियो पकडः नेता केसी
  • २०८० फाल्गुन १, ०९: २६

काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिह केसीले ‘माफिया, बिचौलिया, कालोधनका धनपतिले सत्तामा बलियो पकड जमाएका छन्  । केसीले महासमिति बैठकमा...

माछापुच्छ्रे बैंकद्धारा भीडियो केवाईसी सेवाको शुभारम्भ
माछापुच्छ्रे बैंकद्धारा भीडियो केवाईसी सेवाको शुभारम्भ
  • २०८० फाल्गुन १, ०९: २६

काठमाडौं । माछापुच्छ्रे बैंक लि.ले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै भीडियो केवाईसी सेवाको शुभारम्भको गरेको छ । उक्त सेवाको सुरुवातसँगै...

मन्त्री ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गर्दै अनेरास्ववियुको मसाल जुलुस
मन्त्री ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गर्दै अनेरास्ववियुको मसाल जुलुस
  • २०८० फाल्गुन १, ०९: २६

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गर्दै बुधबार काठमाडौंमा मसाल...