आजदेखि अध्यागमन विभागले हप्ताको सातै दिन कार्यालय खोल्ने – Naya Bikalpa
February 21, 2024, Wednesday

आजदेखि अध्यागमन विभागले हप्ताको सातै दिन कार्यालय खोल्ने

काठमाडौं । अध्यागमन विभागले आज फागुन १ गतेदेखि सेवा अवधिको समय बढाएको छ । विभागले आजदेखि बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म हप्ताको सातै दिन सेवा दिने जनाएको छ ।

यसअघि कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममात्र सेवा प्रवाह हुँदै आएको थियो भने सार्वजनिक विदाको दिन विदा हुने गर्दथ्यो ।

स्वदेश तथा विदेशमा रहेकाहरुलाई सहज र छिटो सेवा प्रवाह गर्नका लागि समय अवधि थप गरिएको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिए ।

हामी ई–भिसामा गइसकेपछि देश–विदेशबाट अप्लाई भइरहेको हुन्छ । युरोप, अमेरिकामा रहेकाहरु उठ्ने बेला हाम्रो सुत्ने बेला हुन्छ, टाइमिङ नमिल्दा छिटो भिसा नपाउने जस्ता समस्या देखिएको छ । त्यसैले हामीले समय थपेर सेवा प्रवाह सुरु गरेका छौं ।

सहज र छिटो भिसा जारी भयो भने नेपालमा पर्यटक आगमन पनि बढ्ने उनको विश्वास छ । उनले हप्ताको सातै दिन काम गर्ने गरी व्यवस्था मिलाएको बताए ।

‘कहिलेकाहिँ आपत विपत पर्यो, सवारी साधन भएन र कर्मचारी कार्यालयमै आउन सकेन भने पनि घरबाटै काम गर्न सकिन्छ, उसले काम गरिरहेको छ कि छैन भन्ने पनि अनलाइनबाटै थाहा पाइन्छ,’ महानिर्देशक तामाङले भने, ‘अहिले हामी अनलाइन सिस्टममा काम गरिरहेका छौं ।’

सम्बन्धित समाचार

माछापुच्छ्रे बैंकद्धारा भीडियो केवाईसी सेवाको शुभारम्भ
माछापुच्छ्रे बैंकद्धारा भीडियो केवाईसी सेवाको शुभारम्भ
  • २०८० फाल्गुन १, ११: ०२

काठमाडौं । माछापुच्छ्रे बैंक लि.ले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै भीडियो केवाईसी सेवाको शुभारम्भको गरेको छ । उक्त सेवाको सुरुवातसँगै...

मन्त्री ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गर्दै अनेरास्ववियुको मसाल जुलुस
मन्त्री ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गर्दै अनेरास्ववियुको मसाल जुलुस
  • २०८० फाल्गुन १, ११: ०२

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गर्दै बुधबार काठमाडौंमा मसाल...

राप्रपाको मागलाई स्वाभाविक रूपमा लिएकोः प्रधानमन्त्री
राप्रपाको मागलाई स्वाभाविक रूपमा लिएकोः प्रधानमन्त्री
  • २०८० फाल्गुन १, ११: ०२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राप्रपाको मागलाई आफूले स्वाभाविक रूपमा लिएको बताएका छन् । बुधबार दिउँसो राष्ट्रिय प्रजातन्त्र...