विराटनगरमा शंकास्पद वस्तु भेटिएपछि प्रहरीले दुई जनालाई गर्यो पक्राउ – Naya Bikalpa
February 21, 2024, Wednesday

विराटनगरमा शंकास्पद वस्तु भेटिएपछि प्रहरीले दुई जनालाई गर्यो पक्राउ

विराटनगर । विराटनगरमा शंकास्पद वस्तु फेला परेको छ ।शंकास्पद वस्तु भेटिएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–३ मा रहेको घरेलु तथा साना उद्योग कार्यालय छेउमा प्रेसर कुकरलाई टेपले बाँधेको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो ।

शंकास्पद वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली घटनास्थलमा छ ।

निजी विद्यालय तथा विभिन्न क्षेत्रमा चन्दा आतंक मच्चाउने समूहमा रहेका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले नै शंकास्पद वस्तु राखेको खुलेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी स्रोतले बताएको छ ।

पक्राउ परेकाहरूको विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।

सम्बन्धित समाचार

राप्रपाको मागलाई स्वाभाविक रूपमा लिएकोः प्रधानमन्त्री
राप्रपाको मागलाई स्वाभाविक रूपमा लिएकोः प्रधानमन्त्री
  • २०८० फाल्गुन १, ११: १०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राप्रपाको मागलाई आफूले स्वाभाविक रूपमा लिएको बताएका छन् । बुधबार दिउँसो राष्ट्रिय प्रजातन्त्र...

समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि हुन्छः राष्ट्रपति
समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि हुन्छः राष्ट्रपति
  • २०८० फाल्गुन १, ११: १०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वास्तविक रूपमा पीडितले समयमै न्याय पाउन सकेमा मात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि भई न्यायपालिकाका उद्देश्यहरू हासिल...

ओरालो झर्दै शेयर बजार, खुम्चियो कारोबार
ओरालो झर्दै शेयर बजार, खुम्चियो कारोबार
  • २०८० फाल्गुन १, ११: १०

काठमाडौं । शेयर बजार निरन्तर ओरालो झरेसँगै कारोबार रकम समेत खुम्चिदै गएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का...