नेपाल टेलिकमको आम्दानी घट्यो, प्रति सेयर आम्दानी ४३.६८ रुपैयाँ मात्रै – Naya Bikalpa
February 9, 2025, Sunday

नेपाल टेलिकमको आम्दानी घट्यो, प्रति सेयर आम्दानी ४३.६८ रुपैयाँ मात्रै

काठमाडौं । गतवर्षको तुलनामा यसवर्ष नेपाल टेलिकमको आम्दानी घटेको छ ।

टेलिकमले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को दोश्रो त्रैमासिकको बित्तीय विवरणअनुसार गतवर्षको पहिलो छ महिनाको तुलनामा यो वर्ष आम्दानी घटेको हो ।

टेलिकमले साउनदेखि पौष मसान्तसम्ममा २१ अर्ब ३० करोड ९३ लाख ७९ हजार रुपैयाँ आम्दानी गरेको छ।

जबकि अघिल्लो वर्ष यही अवधिमा २२ अर्ब १० करोड ११ लाख ३७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

यसआधारमा गतवर्षभन्दा यो वर्ष ७९ करोड १७ लाख ५७ हजार रुपैयाँ कमी आएको हो ।

टेलिकमका अनुसार गतवर्षभन्दा यो वर्ष ३.५८ प्रतिशतले गिरावट आएको हो ।

पछिल्लो त्रैमासमा टेलिकमले प्रति सेयर ४३.६८ रुपैयाँ आम्दानी गरेको छ ।

यो अवधिमा टेलिकमले १७ अर्ब २४ करोड ६७ लाख रुपैयाँ खर्च भएको जनाएको छ । जसकाअनुसार

टेलिकमलाई ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ मुनाफा भएको छ ।

टेलिकमले दुर्गममा सेवा विस्तार गर्नुपर्दा खर्च बढेको र सेवा शुल्क दरमा कटौती गर्नुपर्दा आम्दानी घटेको जनाएको छ ।

सम्बन्धित समाचार

ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
  • २०८० फाल्गुन १, ११: २७

काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...

बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
  • २०८० फाल्गुन १, ११: २७

काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...

धनुषाधाम बन्यो विद्युत चुहावटमुक्त पालिका
धनुषाधाम बन्यो विद्युत चुहावटमुक्त पालिका
  • २०८० फाल्गुन १, ११: २७

जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकालाई देशकै तेस्रो र मधेश प्रदेशको पहिलो विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरिएको छ । धनुषाधाममा शनिबार आयोजित...