लघुवित्त र सहकारी पीडितलाई न्याय दिन आफै सक्रिय रहेकोः प्रधानमन्त्री ‘प्रचण्ड’ – Naya Bikalpa
February 21, 2024, Wednesday

लघुवित्त र सहकारी पीडितलाई न्याय दिन आफै सक्रिय रहेकोः प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौँ नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताएका छन् ।

मंगलबार बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्लेसहितको टोलीको सुझाव पत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

उनले लघुवित्त र सहकारी क्षेत्रमा देखिएको समस्यालाई जतिसक्दो चाँडो निराकरण गर्न आफू लागि परेको बताएका छन् ।

भेटमा प्रधानमन्त्रीले भने, ‘यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौँ बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हर हालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छु। तपाईँहरूको सुझाव पनि म हेर्छु।’

लघुवित्तले धितो राख्न नसक्ने सिमान्तकृत वर्गमा पुँजीको पहुँचलाई उद्वेलित गर्दै उत्पादनमुखी आर्थिक गतिविधिमा समाहित गरी अर्थतन्त्रको मुलप्रवाहमा ल्याउनुपर्ने रास्वपाले बताएको छ ।

 

सम्बन्धित समाचार

समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि हुन्छः राष्ट्रपति
समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि हुन्छः राष्ट्रपति
  • २०८० फाल्गुन १, १२: ०७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वास्तविक रूपमा पीडितले समयमै न्याय पाउन सकेमा मात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि भई न्यायपालिकाका उद्देश्यहरू हासिल...

ओरालो झर्दै शेयर बजार, खुम्चियो कारोबार
ओरालो झर्दै शेयर बजार, खुम्चियो कारोबार
  • २०८० फाल्गुन १, १२: ०७

काठमाडौं । शेयर बजार निरन्तर ओरालो झरेसँगै कारोबार रकम समेत खुम्चिदै गएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का...

नामिबियासँग नेपाल लगातार दोस्रो खेलमा पनि पराजित
नामिबियासँग नेपाल लगातार दोस्रो खेलमा पनि पराजित
  • २०८० फाल्गुन १, १२: ०७

काठमाडौं । नेपालले नामिबियासँग लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु मैदानमा बुधबार सम्पन्न खेलमा...