‘जनयुद्ध दिवस’को बिदा खारेजप्रति माओवादी नेताको असन्तुष्टि जाहिर – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

‘जनयुद्ध दिवस’को बिदा खारेजप्रति माओवादी नेताको असन्तुष्टि जाहिर

काठमाडौं । जनयुद्ध दिवस मनाउन गतवर्ष सरकारले गरेको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरेपछि माओवादी केन्द्रका नेताहरुले अदालतले यस विषयमा पुनर्विचार गर्नुपर्ने बताएका छन् ।

सरकारले गत वर्ष नेकपा (माओवादी केन्द्र)ले २०५२ साल फागुन १ गते जनयुद्ध सुरु गरेको दिनलाई जनयुद्ध दिवस मानेर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

सरकारको सो निर्णयको विरोध हुँदै आएको थियो। यस वर्ष फागुन १ गते आउनुअघि नै सर्वोच्च अदालतले सो दिनलाई जनयुद्ध दिवसको रुपमा मनाएर सार्वजनिक बिदा दिनलाई रोक लगाएको थियो।

तसर्थ यस वर्ष फागुन १ गते जनयुद्ध दिवसको रुपमा सार्वजनिक बिदा भएन।

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले अदालतको निर्णयलाई सम्मान गर्ने बताउँदै जनयुद्धका देनहरू मान्ने तर दिवस मान्दिनँ भन्नु विडम्बनापूर्ण भएको उल्लेख गरे।

उनले जनयुद्धका उपलब्धिलाई लिएर जनयुद्ध भने नस्विकार्ने प्रवृत्ति ठिक नभएको जिकिर गरे।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य वामदेव क्षेत्रीले जनयुद्ध दिवसलाई दिवसको रुपमा नमनाउन अदालतले गरेको निर्णय गलत भएको बताए।

‘अदालतले भनेर जनयुद्ध गरिएको पनि होइन। यो जाति, वर्ग, क्षेत्र नेपालको गणतन्त्रको पक्षमा गरिएको एउटा ऐतिहासिक दिन हो।

त्यो ऐतिहासिक दिनलाई सरकारले सार्वजनिक बिदा दियो त्यो अत्यन्त राम्रो, सकारात्मक पक्ष थियो। अदालतले जो निर्णय गर्‍यो अहिले शान्ति प्रक्रियाको अन्तिम प्रक्रियामा छ केही प्रतिक्रिया दिदैनौँ।’ उनले भने।

नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य बलावती शर्माले अदालत जनताका जायज माग र उत्पीडित वर्गप्रति अनुदार भएको बताइन्।

उनले सरकारले गरेको जनपक्षिय कामहरुलाई उल्ट्याएर अदालत जनताप्रति अनुदार भएको उल्लेख गरिन्। जनयुद्ध दिवसलाई आफूहरुले निरन्तर रुपमा दिवसको रुपमा नै अगाडी बढाउने भन्दै अदालतले आफ्नो निर्णय सच्याउनुपर्ने उनको भनाइ छ।

नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश कमिटीका अध्यक्ष श्रीकृष्ण अधिकारीले जनयुद्ध दिवसलाई दिवसको रुपमा अदालतले स्वीकार नगरेको कुरामा आफूहरुले अपमानित महसुस गरेको बताए।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन १, १५: २६

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन १, १५: २६

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन १, १५: २६

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...