
कञ्चनपुर। पछिल्लो समय कञ्चनपुरमा चैते धानखेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ ।
असारको धानखेती भन्दा राम्रो उत्पादन र मुनाफा हुने गरेको भन्दै कृषकले चैत धानखेतीको क्षेत्रफल विस्तार गर्दै लगेका छन् ।
कृषि ज्ञान केन्द्रका अनुसार कञ्चनपुरमा ७० हेक्टर क्षेत्रफलमा चैते धानखेती हुदैँ आएको छ । कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत जागृत खनालले पछिल्लो समय चैते धानखेतीतर्फ आकर्षण बढिरहेको बताए ।
उनले चैते धानखेतीमा आबद्ध विकासलाई अनुदान, बीउबिजनलगायत सहुलियतका लागि आवेदन खोलिएको जानकारी दिए ।
‘यसपाली ४० हेक्टरजतिमा चैत धान लगाउने किसानका आवेदन आएका छन्”, उनले भने, ‘चैते धानको क्षेत्र विस्तार र कृषकलाई सुविधा दिँदै आएका छौँ ।’
त्यसैगरी प्रधानमन्त्री कृषि आयोजनाका प्रमुख सञ्जु उपाध्याय रिमालले ५१र५२ हेक्टरमा चैते धानखेतीका लागि कृषकको आवेदन परेको जानकारी दिए ।
‘अघिल्लो वर्ष १८ हेक्टर र गत वर्ष २४ हेक्टरमा चैते धानखेतीका लागि आवेदन परेको थियो’, प्रमुख रिमालले भने, ‘चालु आवमा चैते धानका लागि ५० हेक्टर स्वीकृत कार्यक्रम रहे पनि अझै कृषक आउने क्रम छ ।’
उनले चैते धानको मूल्य राम्रो पाइरहेकाले उत्पादन बढाउनमा कृषक लागिपरेको बताए ।
‘हामीले ५० प्रतिशत अनुदानमा बीउ वितरण गर्नुका साथै अहिले चैते धानखेती प्राथमिकतामा छ’, उनले भने, “विषादीलगायत उत्पादन सामग्री कार्यक्रममा रहेर वितरण गर्दै आएका छौँ ।
कञ्चनपुरमा सबैभन्दा बढी बेल्डाँडी गाउँपालिका–५ झिलमिला तथा भीमदत्त, वेदकोट र बेलौरी नगरपालिकाका केही स्थानमा चैते धानखेती हुँदै आएको छ । बाली विकास अधिकृत खनालले ७० हेक्टरमा चैते धानखेती भइरहेको बताए ।
२०६३ सालदेखि चैते धानखेती गर्दै आएका तेज रावतले अहिले साढे तीन बिघामा लगाउने तयारी गरिरहेको बताए ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...