काठमाडौं । घरजग्गा कारोबार बढाउन भन्दै सरकारले नीतिगत व्यवस्था संशोधन गर्यो । तर, तथ्यांकले भने कारोबारमा सुधार नभएको देखाएको छ । चालु आर्थिक वर्ष २०८०, ८१ को पुस मसान्तसम्म जग्गा कारोबारमा सुधार देखिए पनि कारोबारबाट सरकारलाई प्राप्त हुने राजस्व घटेको छ ।
सात महिनामा कुल २ लाख ७८ हजार ९ सय २५ लिखत पारित भएको विभागको तथ्यांक छ । सोही अवधिमा २ लाख ३१ हजार ४ सय २३ लिखत पारित भएको थियो । चालु आवमा घरजग्गा कारोबार संख्यात्मक रूपमा राम्रो सुधार भएको देखाउँछ ।
लिखत पारितमा वृद्धि देखिए पनि जग्गा कारोबारबाट संकलन हुने मालपोत करमा खासै सुधार नभएको तथ्यांकले देखाउँछ । गत आवको तुलनामा चालु आव पुससम्म जग्गा कारोबारबाट प्राप्त हुने राजस्व करिब १.३२ प्रतिशतले घटेको छ ।
माघ मसान्तसम्म घरजग्गा कारोबारबाट २१ अर्ब ६५ करोड २७ लाख रुपैयाँबराबर राजस्व संकलन भएको विभागले जनाएको छ । गत आव सोही अवधिमा २१ अर्ब ९४ करोड १७ लाख राजस्व प्राप्त भएको थियो ।
जग्गा मूल्यांकन बढी भएको भन्दा कम भएको स्थानमा कारोबार वृद्धि हुँदा लिखत पारित संख्या बढे पनि कारोबार राजस्वमा वृद्धि हुन नसकेको घरजग्गा व्यवसायीले बताएका छन् ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...