चितवन । सगुन कन्स्ट्रक्सन प्रालिले सरकारबाट पाउनुपर्ने भुक्तानी १७ करोड रुपैयाँ पुगिसकेको भन्दै काम छाड्ने चेतावनी दिएको छ ।
नारायणगढ गोन्द्राङ सडकखण्ड ६ लेनमा विस्तारको जिम्मा पाएको कम्पनीले दुई महिना अगाडि नै १२ करोड रुपैयाँको बिल तयार गरेर सडक डिभिजन कार्यालय भरतपुरमा पेश गरेको थियो ।
त्यसपछि थप ५ करोडको काम गरिसक्दा पनि भुक्तानी नपाएको सगुन कन्स्ट्रक्सन प्रालिका प्रमुख सहदेव खड्काले बताए ।
सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले पनि अर्थ मन्त्रालयबाट बजेट निकासा नहुँदा निर्माण कम्पनीलाई भुक्तानी दिन नसकेको बताए ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...