
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालका ललितनारायण राजवंशीले नै दोस्रो विकेट लिएका छन् ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले १३.१ ओभरमा दोस्रो विकेट गुमाएको हो ।
नेपालका ललितले नामिबियाका माइकल भान लिन्गेनलाई अनिल साहबाट क्याच गराए ।
भान लिन्गेनले ३३ बलमा तीन चौकासहित २३ रन बनाए । यसअघि नेपालका लागि पहिलो विकेट पनि ललितले नै लिएका थिए ।
जारी खेलको १४ ओभर समाप्त हुँदा नामिबियाले दुई विकेट गुमाएर ५६ रन बनाएको छ ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १३२ रनको योगफल खडा गरेको थियो ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...