
काठमाडौं । नेकपा माओवादी केन्द्रले पाटीको र चुनाव चिह्न यथावत राख्ने निर्णय गरेको छ ।
माओवादी केन्द्रको काठमाडौंमा जारी विधान अधिवेशनमा पाटीको नाम र निर्वाचन चिह्न परिवर्तन गर्ने विषयमा कुरा उठेको थियो ।
यस्तै केही समूहले सबै माओवादी मोर्चाहरूबीच एकताको पहल गरेर दुवै कुरा फेर्ने कुरा उठाएका थिए।
तर बिहीबार जारी अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम र चुनाव चिह्न परिवर्तन नगर्ने घोषणा गरेका हुन् ।
माओवादी नाम परिवर्तन गरेर पाटीको नाम नेकपा समाजवादी राख्न समेतको सुझाव आएपनि अध्यक्ष प्रचण्डले त्यसलाई अस्वीकार गरेका छन् ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...