दाङ । घोराहीको व्यस्त बजार रहेकाे मोदर चोकमा डिउटीमा खटिएकी एक महिला प्रहरीको गोली हानी हत्या भएको छ ।
वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको गोली हानी हत्या भएकाे हाे । उनकै श्रीमानले हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घटना करिब साढे ७ बजेको हो । गोली हानेर भाग्दै गरेका यमबहादुर झाक्रीलाई लमही अर्जुनखोलाबाट पक्राउ गरेको प्रहरीले बताएको छ । झाक्री नेपालगञ्जमा कार्यरत प्रहरी रहेको बुझिएको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...