काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । बैठकमा आगामी सोमबारदेखि गोदावरीमा हुन लागेको पार्टीको महासमिति बैठकको तयारीका विषयमा छलफल भइरहेको छ ।

बिहीबारको बैठकमा महासमिति बैठकका लागि तयार गरिएका प्रतिवेदनहरू प्रस्तुत गरिएको थियो । उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीति र अर्का महामन्त्री गगन थापाले पार्टीको सङ्गठनको विषयमा प्रतिवेदन तयार गरेका छन् ।

बिहीबारको बैठकमा ती नै प्रतिवेदनहरू केन्द्रीय समितिमा छलफलका लागि प्रस्तुत भएका थिए । केन्द्रीय सदस्यहरूले धारणा र सुझाव राख्ने क्रम चलिरहेको छ । केन्द्रीय सदस्यहरूको धारणा समेतलाई समेटेर प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी छ ।

शुक्रबार सानेपास्थित केन्द्रीय कार्यालयमा बिहान ९ बजेबाट बैठक बस्ने सञ्चार तथा सूचना प्रविधि विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए । काँग्रेसको महासमिति बैठक ७ फागुनदेखि हुँदैछ ।

सम्बन्धित समाचार

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० फाल्गुन ४, ०८: ०७

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन ४, ०८: ०७

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन ४, ०८: ०७

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...