आगामी आर्थिक वर्षको बजेटको सिलिङ १८ खर्ब तोकियो – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

आगामी आर्थिक वर्षको बजेटको सिलिङ १८ खर्ब तोकियो

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको सिलिङ तयार पारेको छ ।

सरकारले आगामी वर्षको बजेट सिलिङ १८ खर्बको तयार पारेको हो ।

शुक्रबार बिहान अर्थमन्त्रीले पत्रकार सम्मलेन गर्दै यस्तो जानकारी दिएका हुन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ नेतृत्वको स्रोत समितिले आगामी आर्थिक वर्षका लागि १८ खर्बको बजेट सिलिङ तयार पारिएको हो ।

सोही आधारमा सरकारले आगामी आर्थिक वर्षको बजेट आउने अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।

चालु आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब छ।

योभन्दा आगामी आर्थिक वर्षको बजेट आधा खर्ब बढी हुने भएको हो।

अर्धवार्षिक समीक्षामा खर्चका बारेमा आँकलन गरेर आगामी दिनमा कति बजेट ल्याउने भन्ने विषयमा समिक्षा भएको तर बजेट कटौती नभएको अर्थमन्त्री महतले बताए ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन ४, १२: ०३

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० फाल्गुन ४, १२: ०३

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन ४, १२: ०३

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...