मलेसियालाई झड्का सीता रानामगरले लिइन् तेस्रो विकेट – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

मलेसियालाई झड्का सीता रानामगरले लिइन् तेस्रो विकेट

काठमाडौं । एसिसी महिला प्रिमियर कप २०२४ को फाइनल प्रवेशका लागि भइरहेको खेलमा मलेसियाले तेस्रो विकेट गुमाएको छ ।

नेपालले दिएको एक सय १६ रनको लक्ष्य पछ्याइरहेको मलेसियाले ८.४ ओभरमा ३६ रनको अवस्थामा तेस्रो झड्का व्यहोरेको हो ।

सीता रानामगरले आफ्नो पहिलो स्पेलको दोस्रो ओभरको चौथो बलमा माथिल्लो क्रमकी अनुभवी ब्याटर मास इलिजालाई १३ रनको अवस्थामा आउट गरेकी हुन् । उनले २१ बल खेलेकी थिइन् ।

त्यसअघि मलेसियाले आठ रनको अवस्थामा आइपुग्दा दुवै ओपनर गुमाइसकेको थियो ।

कप्तानसमेत रहेकी विनीफ्रेड डुरैसिंगमलाई कविता कुँवरले बोल्ड गरेकी थिइन् । आठ बल खेलेकी विनीफ्रेडले जम्मा दुई रन मात्र बनाउन सकिन् ।

त्यसअघि दोस्रो ओभरमै मलेसियाले ओपनर आइना हामिजहलाई गुमाएको थियो ।

टिमको स्कोर दुई मात्र हुँदा नेपाली अलराउन्डर रुविना क्षेत्रीले आइनालाई एलबिडब्लू धरापमा पारेकी थिइन् ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन ४, १३: ४१

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन ४, १३: ४१

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन ४, १३: ४१

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...