
काठमाडौं । नेपाललाई हराउँदै मलेसिया एसिया कप २०२४ का लागि छनोट भएको छ ।
शुक्रबार मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियाले नेपाललाई ४ विकेटले हराउँदै एसिया कप २०२४ मा आफ्नो स्थान सुरक्षित गरेको हो ।
नेपाललाई हराउँदै मलेसिया एसिया कप २०२४ का लागि छनोट भएको छ ।
एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ।
नेपालले दिएको ११६ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले १ बल बाँकी छँदै ६ विकेट गुमाएर ११६ रन बनायो ।
नेपालको तर्फबाट कविता जोशी र सीता रानामगरले २–२ विकेट लिइन् भने कविता कुँवर र रुविना क्षेत्री १–१ विकेट लिए ।
बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनाएको थियो ।
नेपालकी इन्दु बर्माले ३७ बलमा ४ चौका प्रहार गर्दै सर्वाधिक धेरै २९ रन बनाइन् ।
यस्तै डली भट्टले २५, कविता कुँवरले २३ र रुविना क्षेत्रीले २० रन बनाए । सीता रानामगरले ६ र कविता जोशीले २ रन जोडिन् ।
मलेसियाको बलर महिराह इजाती इस्लामीले २ विकेट लिइन् ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...