युरोपियन युनियनको सहायोग नेपाललाई निरन्तरः राजदूत – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

युरोपियन युनियनको सहायोग नेपाललाई निरन्तरः राजदूत

काठमाडौं । युरोपियन युनियनले नेपाललाई समावेशी हरित वृद्धि, मानव संसाधन विकास र सुशासनमा भइरहेको सहायतालाई निरन्तरता दिने भएको छ।

नेपालसँग कूटनीतिक सम्बन्धको ५०औँ वर्षका अवसरमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोले नेपाललाई सहयोग निरन्तर रहने बताएकी छिन्।

उनले पचास वर्षको सहकार्य सुखद भएको र आपसी समझदारी थप बलियो हुँदै गएको बताइन् ।

युरोपियन युनियन र नेपालले राजनीतिक तथा आर्थिक सम्बन्ध सन् १९७४ मा स्थापित गरेका थिए भने सन् १९९६ को जुन १ मा साझेदारी सम्झौता सम्पन्न भएको थियो।

विगत ५० वर्षको यात्राको दौरानमा दुवै साझेदारहरूमा उल्लेख्य परिवर्तनहरू भएका तथा सन् १९९३ देखि तत्कालीन युरोपियन आर्थिक समिति युरोपियन युनियनमा परिणत भएको थियो।

राजदूतका अनुसार सन् २०१० मा युनियनले युरोपियन एक्सटर्नल एक्सन सर्भिस स्थापना गर्दै साझा वैदेशिक तथा सुरक्षा नीति तर्जुमा गरेको छ।

युरोपियन युनियन र नेपालले नियममा आधारित अन्तर्राष्ट्रिय मापदण्ड, शान्ति तथा समृद्धि, मानव अधिकार र लोकतन्त्रको संरक्षण र प्रवर्द्धनको सन्दर्भमा साझा प्रतिबद्धता जनाएका छन्।

‘शान्ति तथा समृद्धिका लागि सँगसँगै काम गर्ने हाम्रो दृढ प्रतिबद्धताका कारण हाम्रो साझेदारी हरेक वर्ष थप बलियो हुँदै गएको छ,’ राजदूत भेरोनिकल भनिन्।

सन् २०२६ सम्ममा अल्पविकसित देशहरूको सूचीबाट नेपाल स्तरोन्नति गर्ने सन्दर्भमा युरोपियन युनियन र यसका सदस्य राष्ट्रहरू, अर्थात् ‘टिम युरोप’ सहायता निरन्तर दिने उनको भनाइ छ।

भविष्यमा युरोपियन युनियन ग्लोबल गेटवेमार्फत नवीकरणीय ऊर्जाको क्षेत्रमा सहायताका लागि विस्तृत खाका तयार गर्ने पनि राजदूतले बताइन्।

उनका अनुसार यो वर्षभरि विभिन्न कार्यक्रम मनाइनेछ।

नेपाल युरोपियन युनियन चलचित्र महोत्सव आगामी मार्च २० मा सुरु हुनेछ।

त्यस्तै सदाझैँ ‘युरोप दिवस’ मे ९ मा मनाइनेछ भने युरोपियन युनियन–नेपाल बिजिनेस फोरम र फेयर मे १५ र १६ मा आयोजना हुनेछ।

आगामी अगस्टमा फोटो प्रतियोगिता आयोजना हुनेछ भने सेप्टेम्बरमा देशको सातै प्रदेशमा ‘इरासमस रोड शो’ आयोजना हुनेछ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन ४, १६: १४

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन ४, १६: १४

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन ४, १६: १४

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...