काठमाडौँ । प्रहरी उपरीक्षक(एसपी)हरूलाई उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कडा निर्देशन दिएका छन् । यस विषयलाई लिएर मिश्रित प्रतिक्रिया आएका छन् ।
गृह मन्त्रालयमै बोलाए एसपीहरूलाई कार्यकाल सफलताको शुभकामनासँगै शान्ति सुरक्षा, सेवा र सुशासनका पक्षमा गुणात्मक काम गर्न कडा निर्देशन दिएका हुन ।
गृहमन्त्रीको उक्त निर्देशनले सुरक्षा निकायको चेनअफ कमाण्ड खलबलिने कतिपयले लक काट्न थालेका छन् । अर्कोथरीले समग्र सुरक्षा निकायको ‘बोस’ गृहमन्त्री भएकाले उनले निर्देशन गर्न मिल्ने कतिपयले बताएका छन् ।
प्रहरीभित्रको चेनअफ कमाण्ड प्रहरी महानिरीक्षक (आइजिपी) भित्र रहन्छ । प्रहरी महानिरीक्षकले निर्देशन दिने र कामहरू गराउने हो । काम भयो भएन भनेर हेर्ने उहाँको जिम्मेवारीभित्र पर्छ ।’
आफू गृह सचिव हुँदा कुनै पनि एसपी, एसएसपी, डिआइजीलाई निर्देशन नदिएको मन्त्रीले सुनाए ।
‘आइजिपी, आइजिपी नहुँदा एआइजीपीलाई निर्देशन दिइन्थ्यो’, उनले भने, ‘म तीन वर्ष मन्त्रालयमा रहँदा तीन चार जना गृहमन्त्रीसँग काम गरेँ, कसैले पनि यसरी आइजिपी र एआजीपीलाई निर्देशन दिएका थिएनन् ।’ एक अधिकारीले भने ।
उनका अनुसार गृह मन्त्रालयले नीतिगत निर्देशन दिने, दिएको निर्देशन कार्यान्वयन भयो भएन त्यसको समीक्षा गर्ने र कामलाई कसरी व्यवस्थित गराउने भन्ने सवालमा निर्देशन, सहजीकरण र नीतिगत निर्णहरुका कामहरू गराउने हो ।
सुरक्षा सङ्गठनमा ‘चेनअफ कमाण्ड’ अर्थात् माथिकाले दिने आदेशमा तलका कर्मचारी चल्नुपर्ने हुन्छ । नेपाल प्रहरीमा एउटा चेनअफ कमाण्ड छ । आफूभन्दा सिनियरलाई सलाम गर्नुपर्छ । माथिल्लो दर्जामा क्रमशः सानो दर्जाको कर्मचारीले रिपोर्टिङ गर्ने फौजी सङ्गठनको महत्त्वपूर्ण कडी पनि हो ।
पूर्वडीआईजी ठकुरीका अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालाबाट यो खालको प्रवृत्ति सुरु भएको हो । उनी भन्छन्, ‘राजनीतिज्ञले आफूसँग नजिक गराउन र आफैले कम्युनिकेट गर्न खोजेको देखियो ।
यो प्रवृत्तिले चेनअफ कमान्डलाई हेड क्वाटर बाहिर लैजान्छ ।’ स्वार्थपूर्तिका लागि प्रहरी सङ्गठनभित्र सिनियरलाई पाखा लगाएर यजुनिरलाई अघि सार्ने गरिन्छ । पञ्चायतकालमा पनि यस्ता किसिमका घटना भएका थिए ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...