स्काउटका प्रमुख भण्डारीले सांसद खड्काको चरित्रहत्या गरेको गुनासो – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

स्काउटका प्रमुख भण्डारीले सांसद खड्काको चरित्रहत्या गरेको गुनासो

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक खड्काले नेपाल स्काउटका प्रमुख आयुक्त लोकबहादुर भण्डारीले आफ्नो चरित्रहत्या गरेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद खड्काले यस्तो बताएका हुन् ।

नेपाल स्काउट र खड्काल्याण्ड कम्पनीबिच २०६३ सालमा विधिवत रुपमा टेन्डरमार्फत स्काउटमा भवनहरु भाडामा लिएको र १० वर्षपछि पुनः टेन्डरमार्फत प्रक्रिया पूरा गरेर त्यहाँका भवन भाडामा लिइएको उल्लेख गरे ।

स्काउटले बनाएका भवन र खाली जग्गा विधिवत रुपमा भाडामा लिएर व्यवसाय गरेको र हालसम्म स्काउटलाई १३ करोड बुझाइसकेको उनले बताए ।

केपी ओली प्रधानमन्त्री भएको बेला स्काउटको प्रमुख भएर आएका भण्डारीले नियुक्त भएरआए देखि किचलो सुरु गरेको उनको गुनासो छ ।

स्काउटका ५ वटा संरचनामा व्यवसाय गरेकालाई हटाएर भण्डारीले स्काउटमा मनोमानी गरिरहेको बताउँदै स्काउटको निर्वाचन गराउन ६ महिनाका लागि गएका भण्डारी साढे ५ बर्षसम्म बसेर स्काउटको सम्पत्ति दोहनमा लागिरहेको उनले बताए ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन ६, १३: १३

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन ६, १३: १३

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन ६, १३: १३

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...