प्रहरी प्रभाग बलम्बुमा गोली चल्यो – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

प्रहरी प्रभाग बलम्बुमा गोली चल्यो

काठमाडौं । प्रहरी प्रभाग बलम्बुमा पेस्तोल पड्किदा एक प्रहरी घाइते भएका छन् । आज साँझ ५ बजेतिर प्रभाग प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको पेस्तोल पड्किँदा उनकै अंगरक्षक र एक सर्वसाधारण घाइते भएको प्रहरीले जनाएको छ ।

इन्स्पेक्टरले आफ्नो ड्युटी सकेर पेस्तोल बुझाउने क्रममा दुर्घटनावश पड्किएर बडिगार्ड प्रहरी जवान आशिष जैसवाल घाइते भएका हुन् । खुट्टामा चोट लागेका उनको एपिएफ अस्‍पतालमा उपचार भइरहेको छ ।

घट्नाको छानबिन गरी सत्यतथ्य जानकारी गराउन उपत्यका प्रहरी कार्यालयका एआइजी दिपक थापाले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीलाई निर्देशन दिएको बुझिएको छ । इन्स्पेक्टर श्रेष्ठलाई नियन्त्रणमा लिएर अहिले अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८० फाल्गुन ६, २०: ४२

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०८० फाल्गुन ६, २०: ४२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०८० फाल्गुन ६, २०: ४२

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...